19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतका लायन्स क्लबहरुद्वारा कुश्माको खोरिया वनमा वृक्षरोपण

पर्वत-पर्वतको कुश्मा नगरपालिका-५, खोरिया वनमा विभिन्न लायन्स क्लबहरुद्वारा सनिवार वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ पर्वत सारथी, लायन्स क्लब अफ पर्वत भूमेकोट र लायन्स क्लब अफ पर्वत गुप्तेश्वरको संयुक्त आयोजना तथा खोरीया महिला सामुदायिक वन उपभोक्ता समूह, कुश्मा नगरपालिका–५ को सहकार्यमा उक्त वृक्षरोपण गरिएको हो । सामाजिक कार्यमा क्रियाशिल पर्वतका विभिन्न क्लबहरुको सहकार्यमा
कुश्माको बन्जी साइडको तल्लोपट्टी खोरिया पाखोमा धुपी, बेलपत्र, तेजपत्त, पारीजात र सितलचिनीका करिब ८० वटा बिरुवा रोपिएको लायन्स क्लब अफ पर्वत सारथीका अध्यक्ष शर्मिला शर्माले जानकारी दिनुभयो । आज रोपेका बिरुवाहरू, भोलिका छायाँ र स्वासप्रद वातावरण बन्नेछ भन्ने दृढ विश्वाससहित वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
शर्माले भन्नुभयो “वृक्षरोपण केवल बोट रोप्ने कार्य होइन, यो प्रकृति, वातावरण, र भविष्यप्रति हाम्रो जिम्मेवारीको प्रतिबिम्ब हो।”

वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभएका प्रमुख अतिथि कुश्मा नगरपालिका–५ का वडा अध्यक्ष रामहरी शर्माले लायन्स क्लबहरुको सामाजिक कार्यको प्रशंसा व्यक्त गर्दै स्थानीय सरकारबाट क्लबलाई सकारात्मक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वृक्षरोपण कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष तथा सचिव चियरपर्सन,डिस्ट्रिक्ट पर्सन, क्लबका अध्यक्षहरु एवं सामुदायिक वन उपभोक्ता समूह र स्थानिय बासिन्दाहरूको सक्रिय सहभागीता रहेको थियो ।

 

ताजा

Related Articles