पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित अल्पेश्वर गुफामा फुलप्रसाद वितरण गरिएको छ ।
लायन्स क्लब अफ पर्वत सारथि र लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले सोमबार विशेष पुजा सहित फुलप्रसाद वितरण गरेका हुन् । गुफाका लागि एक काटुन स्याउ, १५ दर्जन केरा, १० लिटर दूध र चियापत्ती लगायतका सामाग्री वितरण गरिएको लायन्स क्लब अफ पर्वत सारथीका अध्यक्ष सर्मिला शर्माले जानकारी दिनुभयो । लायन्स क्लबहरुले निरन्तर सामाजिकतथा धार्मिक कार्यमा क्रियाशिल रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राम शर्मा लामिछाने, डिस्ट्रिक्ट कोडिनेटर, डिस्ट्रिक्ट चियर पर्सन, क्लबका अध्यक्षहरु लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियोे ।
अल्पेश्वर गुफामा लायन्स क्लब अफ पर्वत सारथी र गुप्तेश्वरद्वारा फुलप्रसाद वितरण

