23.1 C
Kathmandu
Monday, April 20, 2026

महाशिलाको राष्ट्रपति रनिङशिल्डमा सुर्य माबि च्याम्पियन

२१ मंसिर,पर्वत-पर्वतको महाशिला गाउँपालिकामा सम्पन्न पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुर्य माध्यमिक विद्यालय महाशिला १ होश्राङ्दी च्याम्पियन बनेको छ। महाशिला ३ स्थित कृष्णगोपाल स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा सुर्य माविले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ९ रजत र १ कास्य गरी कुल २० पदक प्राप्त गर्दै पहिलो स्थान हात पारेको हो ।

प्रतियोगितामा महेन्द्र ज्योति माध्यमिक विद्यालय महाशिला ५ लुंखु ६ स्वर्ण, ४ रजत र २ कास्य गरि १२ पदक सहित उपविजेता बन्दै दोस्रो भयो। त्यस्तै ३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै बालारानी माध्यमिक विद्यालय महाशिला ३ बालकोट तृतीय स्थानमा रह्यो।
स्वधर्म माध्यमिक विद्यालय महाशिला ४ पाखापनी २ स्वर्ण, ३ रजत र ६ कास्यसहित सान्त्वना स्थानमा परेको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

समापन समारोहमा महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र उत्साह वृद्धि गर्ने भएकाले यसप्रकारका प्रतियोगिताले प्रतिभा पहिचान तथा प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।  खेलकुदमा सक्रिय रूपमा सहभागी हुन उहाँले सबै विद्यार्थीलाई आग्रह गर्नुभयो।

महाशिला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा खेलकुद समितिका संयोजक पूर्ण बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बेल बहादुर परियारले गर्नुभएको थियो।

मंसिर १८ गतेदेखि शुरू भएको प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयको सहभागिता रहेको थियो ।

ताजा

Related Articles