७ पौष, पर्वत -नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ(FNBSB) जिल्ला शाखा पर्वतकाे १३ओेेेैँ वार्षिक साधारण सभा तथा ७ ओैँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सनिवार कुश्मामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा इन्द्र प्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष गणेश पाैडेल, सचिव सुर्यप्रसाद पाैडेल, काेषाध्यक्ष लक्ष्मी सुवेदी रेग्मी, सह सचिव मदन पाैडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विष्णुप्रसाद सुवेदी, पुष्पा चापागाई पाैडेल, रमेश अधिकारी, अजय पाेख्रेल , लाल बहादुर थापा रहनुभएको छ ।
कार्यक्रममा FNBSB गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद पाेख्रेलकाे प्रमुख आथित्यता रहेको थियो । त्यस्तै कार्यक्रममा पर्वत उधाेग बाणिज्य संघका अध्यक्ष ठाकुर वि. पाैडेल, प्याव्सन पर्वतका अध्यक्ष विमल पाैडेल, गण्डकी प्रदेश निवर्तमान अध्यक्ष लिलाराम गाैतम, गण्डकी प्रदेश काेषाध्यक्ष ठाकुर प्रसाद पाैडेल, गण्डकी प्रदेश सल्लाहकार रमेश प्रसाद पाैडेल , प्रदेश सदस्य रमेश पाैडेल, सरस्वती भण्डारी, म्याग्दी शाखा अध्यक्ष नारायण पाैडेल, पाेखरा शाखा अध्यक्ष गाेविन्द गाैतम, प्याव्सन कुश्मा नगर कमिटि अध्यक्ष प्रकाश आचार्य, शाखाका पुर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष लगायतको कार्यक्रममा उपस्थिति रहेको थियोे ।
पर्वत शाखाका अध्यक्ष मीन बहादुर थापाकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ पर्वतको अध्यक्षमा इन्द सापकोटा निर्वाचित

