5.1 C
Kathmandu
Monday, January 26, 2026

८ औं पर्वत महोत्सव सम्पन्न, पालिका स्तरीय भलिबलको उपाधी बिरुवा स्याङ्जाले जित्यो

२० पौष, पर्वत-यहीँ पौष ९ देखी १९ गतेसम्म संचालित ८ औं  महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । पर्वत महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका स्याङ्जाले जितेको छ । सनिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिका ( सुजता होटल गलकोट)लाई ३-२ ले हराउँदै बिरुवाले उपाधी हात पारेको हो । यो प्रतियोगिता पर्वत जिल्लामै पहिलोपटक सबैभन्दा धेरै पुरस्कार राशीको भलिबल प्रतियोगिता हो ।  प्रथम भएको बिरुवा गाउँपलिकले नगद रु. २,२२,२२२/ (दुईलाख बाईसहजार दुईसय बाईस रुपयाँ ,सिल्ड मेडल र प्रमाणपत्र) पाप्त गर्यो भने उपविजेतामा सिमित गलकोट सुजाता होटलले १,११,१११/ (एकलाख एघारहजार एकसय एघार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पर्वत उधोग वाणिज्य संघको स्वर्ण जयन्तिको अवसरमा आयोजित गण्डकी प्रदेश स्तरीय औधोगिक व्यापार मेला तथा आठौ पर्बत महोत्सबमा आयोजित गण्डकी प्रदेश अन्तरपालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाईनलखेल निकै रोचक र प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कुश्मा नगरपालिका तृतीय र फलेवास नगरपालिका सान्त्वना भएका छन् ।तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ५५,५५५ (पचपन्न हजार पाँचसय पचपन्न रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना टिमलाई पनि २२,२२२ (बाईस हजार दुईसय बाईस रुपयाँ) सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पर्वत सदरमुकाम कुस्माबजारको बडागाउँमा सम्पन्न प्रतियोगितामा करिब १ लाख दर्शकले अवलोकन गरेका छन् । महोत्सव समापन भएसँगै स्टलहरु र बाल उद्दान सँगै स्टेज उठाउने काम भैरहेको मुल संयोजक तथा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले जानकारी दिनुभयो । यसपालिको महोत्सवमा विशेष गरी स्थानिय उद्योगी, व्यवसायीलाई प्राथमिकता दिएर कृषि, उद्योग, पर्यटन, व्यापार ,व्यावसाय,कला, संस्कृती र साना तथा मझौला उद्दोेग व्यावसायी लाई प्रमोट गरिएको उहाँले बताउनुभयो ।

ताजा

Related Articles