24.1 C
Kathmandu
Friday, April 17, 2026

बालेन पक्षका २६ जना रास्वपाको केन्द्रीय सदस्य, बालेन वरिष्ठ नेता

२१ पौष,काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पक्षका २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

हिजो बसेको रास्वपा केन्द्रीय समिति बैठकले २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै बालेनलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । रास्वपासँग भएको सहमतिअनुसार, बालेनको समूहबाट केन्द्रीय सदस्य बनेका नेताहरूले महामन्त्री र सहमहामन्त्री पनि पाउनेछन् । रास्वपा सभापति रवि लामिछाने र काठमाण्डौका मेयर बालेनबीच पुस १३ गते एकता गर्ने सहमति भएको थियो ।

त्यही सहमतिका आधारमा हिजो बसेको रास्वपा केन्द्रीय समितिको बैठकले समायोजन गरेको हो । हिजो मनोनित भएका केन्द्रीय सदस्यमा सुनिल लम्साल, भुवदेव शाह, अस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश गुरुङ, सन्तोष गिरी, डा. नमिता यादव, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।

ताजा

Related Articles