19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत जेसीजद्वारा मोदीवेणीमा फलफुल वितरण

२ माघ,पर्वत-पर्वत जेसीजद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना आदानप्रदान तथा फुलप्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार मोदिवेणी दिव्यधामका वृद्धहरुलाई फलफुल वितरण गरिएको पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माले जानकारी दिनुभयो । वृद्धहरुलाई अर्पण गरिएको प्रसाद केवल फुलप्रसाद मात्र नभई मानवता, करुणा, सहकार्य र आत्मिक चेतनाको प्रतीक भएको उहाँले बताउनुभयो । पर्वत जेसीज निःस्वार्थ, सेवा,संस्कारमा दृढ र समाजप्रति उत्तरदायी रहँदै यही आध्यात्मिक चेतनालाई कर्ममा रूपान्तरण गर्दै अघि बढिरहने अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा दिव्यधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केशव दास वैरागी, धनगडी जेसीजका वर्ष १९९८ का शाखा अध्यक्ष रमणचन्द्र श्रेष्ठ, अध्यक्षिय क्लवका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, पुर्ब अध्यक्ष बिष्णु प्रसाद नेवार लगायतको उपस्थिति रहेको थियोे ।

ताजा

Related Articles