17.1 C
Kathmandu
Thursday, April 16, 2026

समाजसेवी भोलानाथ शर्मालाई पर्वत समाजद्वारा सम्मान

१० माघ २०८२, पर्वत- समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व भोलाथ शर्मा लम्साललाई सम्मान गरिएको छ । पर्वत जिल्ला फलेवास नगरपालिका वडा न ५ खानीगाउँ निवासी मोती सामुदायिक पुस्तकालयका संस्थापक शर्मालाई पर्वत सेवा समाजले शिक्षा सेवा सम्मानबाट सम्मान गरेको हो । समाजसेवी भोलानाथ शर्माले शैक्षिक ,सामाजिक,स्वास्थ्य क्षेत्रको दीर्घकालीन विकासमा योगदान, पुस्तकालय स्थापना र यसको वृहतर विकास ,१ सय ७० विद्यालयमा पुस्तकालय तथा सिकाइ केन्द्रको विकास,सामाजिक जागरण र महिला सशक्तीकरण ,धुलिखेल अस्पताल शाखा फलेवास , सामुदायिक रेडियो पर्वत स्थापना र यसको माध्यमवाट उच्चतम विकासमार्फत स्वास्थ्य क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्‍याएकोले उक्त योगदनको उच्च मुल्यांकन र कदर गर्दै सम्मान प्रदान गरिएको बताइएको छ ।

पर्वत समाजले यहीँ मिति २०८२ माघ १० गते आफ्नो पहिलो साधरण सभाको अवसरमा तपसिलका व्यक्तिलाई सम्मान गरेको जनाएको छ ।

१. पर्वत विशिष्ट व्यक्तित्व सम्मान
प्रा.डा तेज बहादुर सिंह महत, मोदी गाउँपालिका वडा नं ६ गिज्यान

२. शिक्षा सेवा सम्मान
भोलानाथ शर्मा, फलेवास नगरपालिका वडा नं ५, खानीगाउँ

३. समासेवा सम्मान
टेक बहादुर जिसी, जलजला गाउँपालिका वडा नं ३, माझफाँट

४. पर्वत कृषि तथा उद्यम सेवा सम्मान
विनोद भुषाल, फलेवास नगरपालिका वडा नं ६, देवीस्थान

ताजा

Related Articles