महाशिला-६,फलामखानीमा वडा कार्यालयबाट भत्ता वितरण, लाभान्वित खुशी

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीका स्थानीयले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता पाएपछि खुशी भएका छन् । घण्टौ सम्मको लामो यात्रा गरेर बैंकसम्म पुग्ने बाध्यता हटेपछि लाभग्राही खुशी भएका हुन । यहीँ माघ १७ गते वडा कार्यालयले आ.व. २०८२/०८२ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडाबासी लाभग्राहीको सहजताका लागि गाउँपालिका र राष्ट्रिय वाणिज्य बैंक लुँखुको सहकार्यमा वडाका २ सय ५६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो । वडा अध्यक्ष विश्वकर्माले भन्नुभयो ” जनप्रतिनिधिको काम जनताको सेवा गर्नु हो, गाउँका वृद्ध, अशक्त र बालबालिकाहरुको सहजताका लागि वडा कार्यालबाट नै भत्ता वितरण गरेका छौँ ।” यस कार्यले बैंकसम्म पुग्न स्थानीयको समय र पैसा बचत भएको छ ।
वडाबाट नै भत्ता पाएपछि स्थानीय खुशी हुँदै वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । यसैबीच बैंक पुग्न असहज महाशिला गाउँपालिकाका अन्य वडाहरुमा पनि वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

ताजा

Related Articles