21.1 C
Kathmandu
Monday, March 30, 2026

नेपाली कम्युनिस्ट पार्टीद्वारा महाशिलामा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना

२५ माघ, पर्वत- नेपाली कम्युनिस्ट पार्टीले पर्वतको महाशिला गाउँपालिकामा निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महाशिला-५ लुँखु एकपाटेमा सनिवार  कार्यालय स्थापना गरिएको हो ।  मतदाताहरुसँगको भेटघाटलाई सहज र निकट बनाउन तथा चुनावी प्रचारप्रसारलाई प्रभावकारी बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य बिराज हमालले जानकारी दिनुभयो । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट फागुन २१ गतेको निर्वाचनमा पर्वतबाट मनोहरी तिमिल्सिना उम्मेदवार हुनुहुन्छ । तिमिल्सिना युवा, बौद्धिक, राजनीतिमा अब्बल र स्वच्छ छबिको विकासप्रेमी नेता भएको कारण तारा चिन्हमा मतदान गरि बिजयी गराउन हमालले सबैसँग अपिल गर्नुभएको छ ।जनताका समस्या बुझेर आवश्यकता र औचित्यका आधारमा जनचाहनाका कार्यलाई पार्टीले जोड दिएको उहाँले बताउनुभयो ।
यसैबीच पार्टीका नेताहरुले महाशिलाका कार्यकर्ता तथा मतदाताहरुसँग जनसंवाद गरेका छन् ।  कार्यालय स्थापना तथा जनसंवाद कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु बिराज हमालसँगै सुदीप कुँवर, क्षेत्र बहादुर क्षेत्री लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टी महाशिला गाउँ समितिको बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान कार्यक्रमको तयारी सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनतासँग प्रत्यक्ष संवाद र अभियानलाई प्रभावकारी बनाउने निष्कर्षका साथ बैठक सम्पन्न गरिएको पार्टीका केन्द्रिय सदस्य बिराज हमालले बताउनुभएको छ।

ताजा

Related Articles