16.1 C
Kathmandu
Monday, March 30, 2026

पर्वत जेसीजले प्राप्त गर्‍यो, ‘संकल्प टु सक्सेस अवार्ड’

९ चैत्र २०८२,पर्वत- नेपाल जेसीजद्वारा निर्धारण गरिएको फेब्रुअरी महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्पूर्ण कार्यहरू सफलतापूर्वक पूरा गरेपछि पर्वत जेसीजले ‘संकल्प टु सक्सेस अवार्ड’ प्राप्त गरेको छ । यस उपलब्धिले पर्वत जेसीजलाई राष्ट्रिय स्तरमै उदाहरणीय संस्थाको रूपमा स्थापित गर्न थप टेवा पु¥याएको छ ।

यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै पर्वत जेसीजले यो सफलता संस्थाभित्रको सामूहिक प्रयास, एकता र निरन्तर प्रतिबद्धताको परिणाम भएको जनाएको छ । अध्यक्ष क्लबका अध्यक्षहरू, पूर्व अध्यक्षहरू, बोर्डका सदस्यहरू तथा सम्पूर्ण जेसी सदस्यहरूको सक्रिय सहभागिता, समर्पण र मेहनतले नै यो उपलब्धि सम्भव भएको संस्थाले जनाएको छ ।

पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माले यस अवसरमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनिन्, “यो पुरस्कार केवल एउटा सम्मान मात्र होइन, हाम्रो सम्पूर्ण टिमको अथक प्रयास र दृढ संकल्पको प्रतिफल हो । हामीले ‘संकल्प गरे सफल हुन्छौं’ भन्ने विश्वासलाई व्यवहारमा उतार्न सफल भएका छौं । आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्दै समाज र युवाहरूको विकासमा अझ सशक्त रूपमा अघि बढ्नेछौं ।” उनले थपिन् कि पर्वत जेसीजले विगतदेखि नै विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा व्यक्तित्व निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

संस्थाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, तथा जनचेतनामूलक अभियानहरू मार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने काम गर्दै आएको छ । साथै, युवाहरूलाई नेतृत्वमा सक्षम बनाउन तालिम, अभिमुखिकरण तथा विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ ।

यस उपलब्धिको आधार र अवसर प्रदान गर्ने नेपाल जेसीजप्रति पर्वत जेसीजले हार्दिक आभार व्यक्त गरेको छ । पर्वत जेसीजको यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

ताजा

Related Articles