22.1 C
Kathmandu
Tuesday, May 19, 2026

महाशिला गाउँपालिका सुशासनमा अब्बल: आ.व. २०८१/८२ मा शन्यू बेरुजु

५ जेष्ठ,पर्वत- पर्वतको महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा शून्य बेरूजू कायम गर्ने स्थानिय तह बनेको छ ।

उक्त आर्थिक वर्षको गाउँपालिकाको आय र व्ययको कूल रकम रू ८१ करोड ८४ लाख ६३ हजारको लेखापरीक्षणको सिलसिलामा कुनै पनि रकम अनियमित वा कैफियतको नदेखिएको हो ।

महालेखापरीक्षको ६३ ओैं प्रतिवेदनमा उल्लेख भए अनुसार नेपालभरिबाट लेखापरीक्षण भएका कूल ७२१ स्थानिय तहहरूमध्ये शून्य बेरूजू हुनेमा महाशिला गाउँपालिका बाहेक काभ्रेपलान्चोकको महाभारत गाउँपालिका र गुल्मिको धुर्कोट गाउँपालिका रहेका छन । नीति, नियम अनुसार काम गरि सुशासन र पारदर्शितामा जोड दिएकै कारण पालिका शन्यू बेरुजु कायम भएको गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले बताउनुभयो । गाउँपालिकालाई शन्यू बेरुजु कायम गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरु, उपभोक्ता समिति र गाउँबासीलाई उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।

जनप्रतिनिधि, कर्मचारी र कामको जिम्मेवारी लिएका उपभोक्ता समितिको त्रिकोणात्मक असल सहकार्य र सम्बन्धको सामुहिक प्रयासबाट पालिकालाई शन्यू बेरुजु बनाउन सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले बताउनुभयो । बिगतदेखि नै पालिकामा उत्कृष्ट कार्यसम्पादन हुँदै आएको र उक्त कार्यले निरन्तरता पाएको उहाँले बताउनुभयो ।

पाण्डेयले भन्नुभयो “ आर्थिक बर्ष २०८०/८१ को बेरूजूमध्येबाट समेत करिब १ करोड ३३ लाख सम्परिक्षण गरेका छौं, त्यो तत् बेलाको बेरूजूको करिब ९० प्रतिशत हो, त्यस हिसाबमा सम्परीक्षणका कोणबाट ३ मध्येमा समेत सर्वोत्कृष्ट हुने सम्भावना छ।”

कार्यालयले यस सम्बन्धमा धन्यवाद पत्र प्रकाशित गरि सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै आगामि समयमा समेत यस्तै नतिजाका लागि प्रतिबद्दता जनाएको छ ।

ताजा

Related Articles