22.1 C
Kathmandu
Wednesday, May 27, 2026

जलजलामा कुकुर बन्ध्याकरण शिविर:१२३ वटा कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाइयो

१३ जेठ,पर्वत-पर्वतको जलजला गाउँपालिकामा रेबिज नियन्त्रण तथा कुकुर बन्ध्याकरण शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिकालाई सुन्दर, सुरक्षित तथा व्यवस्थित बनाउन सीमित स्रोत, सक्रिय सहभागिता तथा सहयोगमा यही जेठ ११ र १२ गते “रेबिज रोग नियन्त्रणका लागि खोप तथा कुकुर बन्ध्याकरण शिविर” सम्पन्न भएको हो ।

उक्त शिविरमा कुल १२३ वटा कुकुरलाई रेबिज रोगविरुद्धको खोप लगाइएको थियो भने २५ वटा सामुदायिक तथा ५८ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ । बन्ध्याकरण गरिएका कुकुरमध्ये ३२ वटा पोथी र ४० वटा भाले रहेका थिए ।

गाउँपालिकाले सचेत नागरिकको भूमिकासमेत महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा स्थानीयवासीको सक्रियतामा पूर्व जानकारी सहित कुकुर छोपेर ल्याउन सकेमा गाउँपालिकामै सामान्य माइनर सर्जरी तथा बेसिक ल्याव सेवा व्यवस्थापन गरिने जानकारी गाउँपालिकाले दिएको छ ।

ताजा

Related Articles