27.6 C
Kathmandu
Wednesday, June 3, 2026

पर्वतमा ट्रक र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

आज अपराह्न करिब ३:५५ बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग१क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध२प ३८०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक जलजला गाउँपालिका–९ बनौ निवासी करिब ४० वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुश्मा–१ का करिब ३२ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल पर्वत लगिएको थियो।
प्रादेशिक अस्पताल पर्वतले उपचारका क्रममा दुवै जनाको मृत्यु भएको पुष्टि गरेको छ।

दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट मालढुङ्गाबाट प्रहरी सहायक निरीक्षक रेशम सुनारको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी करिब ३५ वर्षीय मनोज थापालाई नियन्त्रणमा लिई ट्रकसहित जिल्ला प्रहरी कार्यालय पर्वतमा राखेको छ।दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।दुर्घटनाले जलजला गाउँपालिका क्षेत्रमा शोकको वातावरण छाएको छ। मृतक दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा

Related Articles