देवी घर्ती र क्षितिज सुनारको स्वरमा सजिएको ‘मायाको संग्राहलय’गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

४ असार,पर्वत-लोकदोहोरी क्षेत्रकी चर्चित गायिका देवी घर्ती र गायक क्षितिज सुनारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘मायाको संग्रहालय’ को भिडियो सार्वजनिक भएको छ । गीतलाई आसिर प्रताप जंगको आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रेम र भावनाको मिठास बोकेको उक्त गीतमा करण सुनामीको शब्द तथा गणेश अधिकारीको संगीत रहेको छ। गीतले प्रेमका अनुभूति र सम्बन्धका विभिन्न पाटालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। देश तथा विदेशमा रहनुभएका सबैले गित सुनेर र भिडियो हेरर माया र हौसला प्रदान गरिदिन गायक क्षितिज सुनारले आग्रह गर्नुभएको छ ।

गीतको भिडियोमा आसिर प्रताप जंग र काव्य ठकुरीको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त प्रस्तुति र गीतको भावअनुसारको दृश्य संयोजनले भिडियो थप मनमोहक बनेको छ।

मिठो शब्द, कर्णप्रिय संगीत र उत्कृष्ट अभिनयको समिश्रण रहेको ‘मायाको संग्रहालय’ ले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ। लोकदोहोरी संगीतप्रेमीहरूका लागि यो गीत विशेष रोजाइ बन्ने अपेक्षा गरिएको छ।

गीतको भिडियो 

ताजा

Related Articles