पर्वतको बिहादीका ६ वटै वडाहरुमा दलितका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

२३ असार २०८३ पर्वत-पर्वतको विहादी गाउँपालिकाका ६ वटै वडामा दलित समुदायलाई लक्षित गरी आयोजना गरिएको सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा वकालत मिडिया प्रालिको समन्वय तथा सहजीकरणमा उक्त तालिम यहीँ जेष्ठ १७ गतेबाट सुरु भएर २२ गते सम्पन्न भएको हो ।  कार्यक्रममा दलित समुदायको अधिकार, सामाजिक समावेशिता, नेतृत्व विकास, आत्मनिर्भरता तथा कानुनी सचेतनाका विषयमा सहजीकरण गरिएको थियो।

‎कार्यक्रमलाई सम्बोधन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सबै समुदायलाई समान अवसर सुनिश्चित गर्दै विभेदरहित समाज निर्माणका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

‎त्यसैगरी उपाध्यक्ष मिना शर्मा तिवारीले दलित समुदायको क्षमता विकास र सचेतनाले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिलासहित दलित समुदायलाई सीप, शिक्षा र आयआर्जनसँग जोड्ने कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने बताउनुभयो।

कार्यक्रम समापनका अवसरमा सहभागीका तर्फबाट बोल्दै वडा नं. ६ शालीग्रामकी लालकुमारी बिक, निता सुनार र अशोक दर्जीले सचेतनामुलक तथा क्षमता विकास कार्यक्रमले आफुहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा महत्त्वपूर्ण फाइदा पुर्‍याएको बताउनुभयो । कार्यक्रमका विषयबस्तुले दलित समुदायको हक, अधिकार जानकारी हुनुका साथै सशक्तीकरण कुरा र कानुनी ज्ञान हासिल भएको बताएका थिए । महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेको गाउँपालिकालाई धन्यवाद दिदै दलित समुदायलाई लक्षित गरेर आगामी दिनहरुमा पनि यस्त अ कार्यक्रम आयोजना गर्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, दलित अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार साजन परियार, दिपेश बि पोख्रेल र लक्ष्मण बिसिले गर्नुभएको थियोे । सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा आत्मविश्वास वृद्धि हुनुका साथै अधिकारप्रति थप सचेत बन्न सहयोग पुगेको बताएका थिए। कार्यक्रममा यहीँ जेष्ठ १७ गते वडा नं. बाच्छा, १८ गते वड नं. २ बराचौर, १९ गते वडा नं.३ रानीपानी, २० गते वडा नं. ४ वहाकी , २१ गते वडा नं. ५ उराम र २२ गते वडा नं. ६ शालिग्राममा सम्पन्न भएको थियो ।

ताजा

Related Articles