८ साउन २०८३, पर्वत- पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित मालढुंगा–बेनी सडकखण्डमा बिहीबार दिउँसो करिब ३:३० बजे पहिरो खस्दा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
मालढुंगाबाट बेनीतर्फ जाँदै गरेको लु ४१ प २१५७ नम्बरको गुडिरहेको मोटरसाइकल माथिबाट खसेको पहिरोले पुरिँदा चालक जलजला गाउँपालिका–४ लामाखेत निवासी ४२ वर्षीय लालबहादुर सुबेदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
घाइते सुबेदीलाई घटनास्थलबाट उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

