१३ साउन २०८३,पर्वत- बाग्लुङको बुर्तिबाङबाट पोखरा हिडेको जिप कुश्मामा दुर्घटना भएको छ । पोखरा-बाग्लुङ सडक खण्ड अन्तर्गत पर्वतको कुश्मा न.पा.४ माझमेलामा आज करिब ४:५० बजेको समयमा उक्त जिप पल्टिएको हो । सुदुर पश्चिम प्रदेश ०१-००१ ज १४७६ नं. को जिप आफै अनियन्त्रित भई सडकको दाहिने साईडमा पल्टिदा जिपमा सवार जिल्ला बागलुङ ढोरपाटन न.पा.८ सेराबानका बर्ष २१ को सन्देश घर्ती घाइते भएका छन् । घाइतेको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ ।
जिपमा चालक सहित ८ जना सवार रहेको र ७ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । जिप चालक बागलुङ निसिखोला गा.पा.२ बस्ने बर्ष ३४ का ओम प्रकाश बि.कलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

