२ असोज २०८३-एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम कार्यालयको सभाहल कुश्मा शुक्रबार सम्पन्न भएको हो ।
बैठकमा कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम, उपलब्ध सेवा, आगामी कार्ययोजना तथा बजेट कार्यान्वयनका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा कार्यालयका प्रमुख जीवन पौडेलले कार्यालयको आर्थिक बर्ष २०८३/०८४ को बजेट, वार्षिक कार्यक्रम तथा सेवा प्रवाहका विषयमा जानकारी गराउनुभएको थियो।
कार्यालयको स्वीकृत बजेटलाई प्रभावकारी र पारदर्शी रूपमा कार्यान्वयन गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो। उहाँले कार्यालयबाट प्रदान गरिने सेवाका विषयमा सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोगमार्फत सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
<span;>उद्योग, पर्यटन, संस्कृति, महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रमा कार्यालयले काम गर्दै आएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
उहाँले कार्यालयका कार्यक्रम तथा बजेट कार्यान्वयनमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र अन्य सरोकारवालाको सहकार्य महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकमा सहभागी सरोकारवालाले कार्यालयको सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन, बजेटको प्रभावकारी उपयोग तथा नागरिकका आवश्यकता सम्बोधन गर्ने विषयमा सुझाव दिएका थिए। सहभागीहरूले सरकारी कार्यालयबीच नियमित समन्वय र सहकार्य बढाउन सके सेवा प्रवाह अझ प्रभावकारी हुने धारणा राखेका थिए।
एकीकृत सेवा कार्यालय पर्वतद्वारा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न

