नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न

३ असोज २०८३,पर्वत — संविधान दिवस–२०८३ को अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित पत्रकार महासंघ पर्वतको आयोजना र नेपाल  रेडक्रस सोसाइटी पर्वत शाखाको प्राविधिक सहयोग तथा  समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्लाका पत्रकारसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले रक्तदानजस्तो मानवीय कार्यले आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले रक्तदानलाई नियमित सामाजिक सेवाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

बाढी,पहिरो र प्रकृतिक प्रकोपमा पीडित व्यक्ति तथा  दुर्घटनामा परि रगत आवश्यक भएका व्यक्तिहरुलाई सहयोग होस् भन्ने उद्देश्यले संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले बताउनुभयो । पत्रकार महासंघ पत्रकारितासँगै सामाजिक कार्यमा समेत अग्रसर रहेको बताउदै रक्तदान कार्यमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रन्जना खत्रीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचीव साजन परियारले गर्नुभएको थियोे ।

ताजा

Related Articles