फलामखानीमा पहिरोले २ घर भत्किए, पहिरोले फलामखानी-लुँखु सडक अबरुद्ध

१२ असोज २०८३, पर्वत-निरन्तरको अविरल बर्षका कारण पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीमा पहिरोले २ घर भत्किएको छ । आइतबार फलामखानीका नर बहादुर सुनार र झपट सुनारको घर पहिरोले भत्काएको वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्माले जानकारी दिनुभयो । घर भत्किएर क्षति पुगेका परिवारलाई सुरक्षीत ठाउँमा स्थानान्तरण गरिएको र राहत तथा घर पुनःस्थापनाको लागि आवश्यक पहल गरिएको उहाँले बताउनुभयो ।

यसैबीच निरन्तरको बर्षाका कारण घण्टे-फलामखानी- लुँखु सडक अन्तर्गत घन्तेरी माथिको उकालो बाटोमा पहिरो गएर सडक अबरुद्ध भएको छ । उक्त ठाउँमा सानोठूलो गरि ३६ ठाउँमा पहिरो गएको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो । पहिरोले सडक नै धेरै ठाउँमा ढलान गरेको सडक नै बगाएको छ । सडक बगाएको ठाउँमा सडक बनाउने र पहिरो पन्छाएर सडक सूचारु गर्ने कार्यमा जोड दिएको उहाँको भनाइ छ ।

ताजा

Related Articles