प्रदेश अस्पताल पर्वतको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

१४ कार्तिक २०८३, पर्वत- प्रदेश अस्पताल पर्वतको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम शुक्रबार  सम्पन्न भएको हो । बिरामीहरुलाई चुस्त र प्रभावकारी सेवा प्रवाहका लागि अस्पतालले विभिन्न प्रयासहरु अघि बढाएको छ । दक्ष जनशक्ति, पर्याप्त उपकरण र उचित व्यवस्थापन कार्यलाई अघि बढाईएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर परियार शिवले बताउनुभयो । गत वर्ष ८० हजार ६ सयले सेवा लिएको असपतालबाट गुनासो रहित सेवालाई जोड दिईएको उहाँले बताउनुभयो । काउण्टर थप, निशुल्क पाईने औषधीको आपुर्ति, लाईन बस्नुपर्ने झण्झटबाट मुक्त तथा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आवश्यक आवास तथा सेवा सुविधा उपलब्ध गराईने भएको छ । अस्पताल सुधारका लागि तीन महिने, छ महिने र गुरुयोजना बनाएर काम अघि बढाईएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डुण्डिराज पौडेलले बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरण पौडेल, अस्पतालका पुर्व अध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटा, लायन्स लिडर बसन्तकुमार कर्माचार्य लगायतले बोल्नुभएको थियो । कार्यक्रममा अस्पतालको प्रगति, भावी योजना, समस्या र चुनौतीका बारेमा डा. ढुण्डिराज पौडेलले प्रस्तुती गर्नुभएको थियो । अस्पतालका अध्यक्ष याम परियार शिवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. भक्त गुरुङको स्वागत मन्तव्य र संचालन प्रकाश सुवेदीले गर्नुभएको थियो । उक्त कार्यक्रमका अवसरमा अस्पतालमा नवआगन्तुक चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वागत गरिएको थियो ।

ताजा

Related Articles