अनेरास्ववियू महाशिला गाउँपालिकाको अध्यक्षमा कोइराला

पर्वत । अनेरास्ववियू पर्वतले महाशिला गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सागर कोईराला रहेका छन् । कमिटीको सचिवमा निसान परियार सहित ३१ सदस्य कमिटी गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटि सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियु शैक्षिक बिकृतिका बिरुद्द निरन्तर लडिरहने बताउनुभयो ।कार्यक्रममा बिशिष्ट अतिथि केन्द्रिय सचिवालय सदस्य बिकास रेग्मि जिल्ला सदस्य सुदिप पौडेल, आयुश खड्का लगायतले बोलेका थिए । अनेरास्ववियू पर्बत जिल्ला कमिटि अध्यक्ष सन्तोष सुनमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य सन्तोष पौडेल गरेका थिए ।

ताजा

Related Articles