27.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतमा ३ वटा कार्यालयद्वारा आ.व.२०७९/८० मा संचालन गर्ने कार्यक्रमहरुको सार्वजनिकरण!(कार्यक्रमको विवरण सहित)

लक्ष्मण बिसि,पर्वत- पर्वतको कुश्मामा ३ वटा कार्यालयहरुले आ.व.२०७९/८० मा संचालन गर्ने कार्यक्रमहरुको बुधबार सार्वजनिकरण गरेका छन् ।कृषि ज्ञान केन्द्र पर्वत, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वत र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यनयन इकाई बाग्लुङले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि आ-आफ्नो कार्यलयबाट संचालन गर्ने कार्यक्रमहरु सार्वजनिक गरेका हुन । कृषि ज्ञान केन्द्र पर्वतमा गण्डकी प्रदेश सरकारबाट आ.व. २०७९/०८० को स्वीकृत वार्षिक बजेट ४ करोड ७५ लाखबाट कृषिका विभिन्न कार्यक्रम संचालन गर्न लागिएको कार्यालय प्रमुख मनिता थापाले जानकारी दिनुभयो । बाझो जग्गामा व्यवसायिक खेती प्रोत्साहन कार्यक्रम, साना व्यवसायिक कृषि फार्म स्थापना तथा विस्तार, साना सिंचाइ कार्यक्रम संचालन, विशेष बाली प्रवर्द्धन सम्बन्धि कार्यक्रम, क्षेत्रफलको आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग,आइपिएम कृषक पाठशाला संचालन, बाली विशेष स्थलगत तालिम, उन्नत कृषि प्रविधि प्रदर्सन कार्यक्रम,प्लान्ट क्लिनिक संचालन, बाली बिमाको बिमा शुल्कमा अनुदान लगायतका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । त्यस्तै व्यवसायिक फलफुल विकास कार्यक्रम, विउविजन आत्मनिर्भर कार्यक्रम, तालिम गोष्ठी र कृषि तथ्यांक सम्बन्धि कार्यक्रम, मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम, अति विपन्न गरिब लक्षित कार्यक्रम लगायत यो आर्थिक बर्षमा ३२ वटा कार्यक्रम संचालन गरिने थापाले बताउनुभयो ।कृषि ज्ञान केन्द्र पर्वत,कार्यक्रमको पुर्ण विवरण ।Agriculture Knowledge Center, Parbat ppt-सार्बजनिकरण

त्यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले आ.व २०७९।०८० मा ४ करोड ५८ हजार ४९ हजार बजेटबाट मत्स्य विकास, पशुपक्षी विकास, संस्था समितिलाई अनुदान र अन्य अनुदान गरि विभिन्न कार्यक्रम संचालन गर्न लागेको कार्यालय प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिनुभयो । नियमित उपचार सेवा, दुध उत्पादनमा आधारित प्रोत्साहन सहयोग, पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर, स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम, कृत्रिम गर्भधानबाट जन्मेका उन्नत नस्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहन सहयोग लगायतका १८ वटा कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।कार्यक्रमको पुर्ण विवरण –Veterniary hospital and livestock service centre, Parbat कार्यक्रम सार्वजनिकिकरण पर्वत

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई बाग्लुङले पनि आ.व. २०७९ ।८० को स्वीकृत वार्षिक कार्यक्रम संचालन सार्वजनिक गरेको छ । यो आर्थिक बर्षमा विनियोजन भएको ६ करोड ४५ लाख बजेटबाट बाग्लुङ पर्वत र गुल्मीका २ वटा पालिकामा विभिन्न कार्यक्रम संचालन गरिने कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले जानकारी दिनुभयो । पर्वतमा मकै,धान, तरकारी, सुन्तला र डेरी बाग्लुङमा आलु, बाख्रा, अलैंची डेरी र धान क्षेत्रका कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो । जिल्लास्तर उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन कृषि यांत्रिकीकरण कृषक तालिम, चैतेधानको क्षेत्रफल विस्तार, तरकारी बालीमा उन्नत प्रविधि प्रदर्शन तथा स्थलगत तालिम, बीउ उत्पादन कार्यक्रम, डालेघासको नर्सरी स्थापना, बाख्रा खोर सुधारका लागि अनुदान, उन्नत जातको बीउ आलु वितरण कार्यक्रम, प्राङागरिक तरकारी उत्पादन र बजार प्रवर्द्धन सहयोग लगायतका ४० वटा कार्यक्रम संचालन गरिने पौडेलले बताउनुभयो ।कार्यक्रमको पुर्ण विवरण –PMAMP karyakram sarbajanikikaran 2079.80

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिश्वकर्माले व्यवस्थित तबरले नतिजामुखी कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । अनुदानका कार्यक्रममा हाम्रोलाई भन्दा राम्रो वास्तविक कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । कार्यक्रमहरु संचालन गर्न सवै पक्षसंग आफुले समन्वयात्मक भुमिका खेल्ने बिश्वकर्माले प्रतिवद्धता गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले सरकारको नीति बिधिका आधारमा सुशासन र पारदर्शितामा जोड दिएर कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पालिकाका कृषि तथा भेटेरीनरी शाखा प्रमुख,कृषक,पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाली संरक्षण अधिकृत आशिष पाण्डेको स्वागत मन्तव्य र कार्यक्रमको संचालन कृषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियोे ।

ताजा

Related Articles