गुरुङ सहितको टोलीले फलेवास रंगशालाको अनुगमन !

257

पर्वत/पर्वतको फलेवास नगरपालिका वडा नं. ६,देविस्थानमा निर्माणाधीन फलेवास रंगशालाको विभिन्न व्यक्तिहरुले अनुगमन गरेका छन् । सोमबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङका स्वकीय सचिव रोनित गुरुङ लगायतको टोलिले रंगशालामा भएको कामको अनुगमन गर्नुभएको स्थानीय विभुषण श्रेष्ठले जानकारी दिनुभयो । रंगशालाको स्तरोन्नतिको लागि गण्डकी प्रदेश सरकारबाट १० लाख सहयोग भएको र उक्त रंगशालालाई व्यवस्थित बनाउन थप सहयोगको पहल गर्ने गुरुङले बताउनुभयो । फलेवास रंगशालालाई प्रदेश स्तरीय बनाउन सकिने उहाँको भनाइ थियो । रंगशालामा गुणस्तरीय काम गरि आकर्षक बनाउनुपर्नेमा अनुगमनकर्ताले जोड दिएका छ्न । साथै उक्त रंगशालाको सिधै माथिबाट बिद्धुतको हाइटेन्सन लाइन पर्न गएकाले रंगशालालाई असर नगर्ने गरि लाइन व्यवस्थापन गर्न गुरुङले सम्बन्धित सरोकारवालालाई आग्रह गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here