23.1 C
Kathmandu
Monday, July 15, 2024

१ करोडको लागतमा पर्वतका ४ रिजाल दाजुभाइद्वारा नवलपुरमा सेनेटरी प्याड उद्योग संचालन !

लक्ष्मण विश्वकर्मा,पर्वत /स्वदेशमै आफ्नो श्रम र सीपको उचित प्रयोग गरी केही गर्न चाहनेहरुका लागि प्रशस्तै सम्भावना र अवसरहरु रहेका छन् । नयाँ र रचनात्मक काम गर्ने इच्छाशक्ति र अठोट भएमा असम्भव भने केहि छैन । धन कमाउन बिदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर यहाँका ४ दाजुभाइले आफ्नो श्रम, सीप र योग्यतालाई स्वदेशमै लगानी गरी नमुना कार्यको थालनी गरेका छन् । विदेशी उत्पादनलाई चुनौती दिदै पर्वतका ४ जना रिजाल दाजुभाइले सेनेटरी प्याड उद्योग संचालन गरेका छन् । फलेवास नगरपालिका-३, शंकरपोखरीका सागर,विरेन्द्र, सुवास र शिव रिजालले गण्डकी प्रदेशको गैंडाकोट-५, नवलपुरमा रिजाल सेनेटरि प्याड उद्योग संचालन गरेका हुन् ।स्वदेशमै स्वरोजगार र उद्योमी बन्ने सपना बुनेर उद्योग संचालन गरेका रिजाल दाजुभाइ आफुहरु कम्पनीमा काम गरेका छन्, भने अन्यलाई रोजगारी समेत दिएका छन् ।
स्वदेशमै गुणस्तरीय सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले करिब १ करोड लगानिमा उक्त उद्योग संचालनमा ल्याएको संचालक सागर रिजालले जानकारी दिनुभयो । २०७७ चैत्र ९ गते घरेलु तथा साना उधोग कार्यालय कावासोतिमा व्यवसाय दर्ता गरि भवन निर्माण तथा मेसिन खरिद गरेर २०७८ असोजबाट प्याड बजारिकरण गर्न सफल भएको रिजालले बताउनुभयो । व्यवस्थापन तथा विज्ञान संकायबाट स्नाकोत्तर अध्यानरत ३ भाइ र व्यवस्थापन संकायबाट स्नातक अध्यानरत चार दाजुभाइ मध्ये मुख्य व्यवस्थापन विरेन्द्र रिजालले गरिरहनुभएको छ,भने कम्पनी व्यवस्थापनमा भाइ शिव रिजाल तथा भाउजू मन्जु रिजाल रहनुभएको छ ।
समाजमा रहेको अध्यान पछि जागिर वा विदेश रोज्ने विचार मध्ये उनिहरुले नयाँ खालको व्यवसाय संचालन गरेका हुन् ।
नेपाली बजारमा रहेका र चल्ने प्याड पुर्ण रुपमा विदेश रहेको र नेपाली उत्पादन अति नै कम रहेको अवस्थामा गुणस्तरीय प्याड उत्पादनमा जोड दिएको रिजाल दाजुभाइको भनाइ छ ।
उक्त उद्योग संचालन गर्नका लागि बाबा मुख्य प्रेरक रहनुभएको रिजालले बताउनुभयो । करिब २ वर्षको विदेश बसाइमा सकेसम्म छोरा बिदेश जानू हुन्न नेपालमानै केहि गर्नु पर्छ भन्ने बाबाको मान्यता रहेको उहाँले सुनाउनुभयो ।
my choice brand बाट संचालित सो प्याडको factory मा प्रत्यक्ष रुपमा ८ जनाले रोजगारी पाएका छन । कम्पनी दैनिक १० घण्टा संचालन हुने र १ दिनमा करिब १८ हजार पिस प्याड उत्पादन हुने रिजालले बताउनुभयो ।
हाल चलिरहेका प्याडमा अधिक्तम मात्रामा पलास्टिक रहेकाले सो कम्पनीद्वारा प्रविधिको प्रयोग गरि पलास्टिक तथा कपास रहित प्याड बनाइरहेको उनिहरुको दाबी छ । प्याडमा नयाँ प्रविधि sap base बाट बनाएको र वातावरण मैत्रि तथा advance altrathin रहेको छ । रिजालले भन्नुभयो “आजको महिला पाइन्टमा रहने भएकाले अबको समयमा पातलो प्याडनै उपयुक्त हुन्छ, त्यसैले उपयुक्त प्याड उत्पादनमा लागेका छौँ ।” हाम्रो उत्पादन जब मेसिनबाट उत्पादन हुन्छ, त्यसपछि रेडियसन बाट मेडिकल प्रुफ गरिसकेपछि मात्र प्याकिङ गरि बजार पठाउछौ, यस कारण हाम्रो product 100% hygienic छ ।” प्याड बनाउने मेसिन भारबाट खरिद गरेको तथा कच्चा पदार्थ भारत बाटनै खरिद गर्ने गरेको बताइएको छ । रिजालले भन्नुभयो “समाजमा हालसम्म पनि पुर्ण रुपमा महिलाहरु सुरक्षित महिनावारिमा छैनन्, अझै पनि महिनावारि समयमा पुराना कपडा र टाला प्रयोग गर्ने प्रचलन छदै छ, त्यसैले हामी गुणस्तरीय प्याड उत्पादन गरि बजारमा पठाएका छौ ।” उहाँले भन्नुभयो “स्कुल पढने वेलामा छात्रा महिनावारिकै कारण बिद्यालय नआएका घटनाहरुले पनि यस क्षेत्रमा लाग्नु पर्छ भन्ने सोच थियोे ।” यसका साथै व्यवसायको साथमा केही सामाजिक अर्थ राख्ने वा समाज सेवा हुने खालको व्यवसाय गर्नु पर्छ भनी “सुरक्षित महिनावारिको लागि मेरो रोजाइ “my choice भन्ने मुल विषय बनाइ यसमा लागेका हौं” रिजालको भनाइ छ । उत्पादित सेनेटटी प्याडको मुख्य बजार गण्डकी प्रदेश नै भएको र अब छिट्टै काठमाडौ उपत्यका सहित अन्य क्षेत्रमा बजारीकरणको तयारीमा रहेको संचालक विरेद्र रिजालले बताउनुभयो । आफुहरुले उत्पादन गर्ने प्याड बजारमा पाइने प्याड भन्दा बिल्कुलै फरक खालको उत्पादन भएको र अन्य कपासको प्याड भन्दा पातलो भएकाले किशोरीहरुले आफ्नो उत्पादनलाई मन पराएको कम्पनीको दाबी छ । भविष्यमा न्यापकिन पेपर, प्याम्पस तथा मास्क उत्पादन गर्ने लक्ष्य रहेता पनि लगानी अभावका कारण उक्त कार्य गर्न समय लाग्ने रिजलले बताउनुभयो ।सरकारी तवरबाट हालसम्म कुनै छुट तथा अनुदान नपाएको बताउदै सरकारी तवरबाट सहयोग पाएमा अझै सहज हुने संचालकहरुको भनाइ छ ।

ताजा

Related Articles