देवि घर्ती र अनिल बिकको स्वरमा रहेको चिन्ता नलिनु गितको भिडियो सार्वजनिक ! (हेर्नुस् भिडियो)

956

लक्ष्मण विश्वकर्मा,पर्वत/ बहुचर्चित लोक गायिका देवि घर्ती र सुमधुर स्वरका धनी अनिल विश्वकर्माको उत्कृष्ट आवाजमा रहेको लोक गित चिन्ता नलिनु बोलको गितको भिडियो सार्वजनिक भएको छ ।उक्त गितको अडियो केहि बर्ष बजारमा आएको भएपनि भिडियोभने आजमात्र सार्वजनिक भएको हो ।”जोवन तिम्रै हो चिन्ता नलिनु,पछि मायाले धोका नदिनु” गितमा प्रेमिल शब्दहरु रहेका छन् । गितमा सफल प्रेम जोडीको कहानी प्रस्तुत गरिएको छ ।निकै मेहनत गरि उत्कृष्ट भिडियो निर्माण गरि बजारमा ल्याएको बताउदै सबैले माया गरिदिनुहुन गितका सर्जकले आग्रह गरेका छन् ।उक्त गितमा कृष्ण सुनारको शब्द तथा प्रतिष्ठित गायक संकल्प सुवेदीको लय रहेको छ ।कृष्ण सेन्चुरीको निर्देशन, सुनिल सुन्दासको छायांकन रहेको उक्त गितको भिडियोमा सागर सुनार र स्मृति थापाको अभिनय रहेको छ ।

भिडियो हेर्न तलको लिंक ओपन गर्नुहोस्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here