28.1 C
Kathmandu
Tuesday, July 16, 2024

क्षेत्रीको पहलमा घतानेद्वारा जन्मदिनको अवसरमा पर्वतका विपन्न तथा अशक्तलाई आर्थिक सहयोग !

लक्ष्मण बिश्वकर्मा,पर्वत/तडकभड र फजुल खर्चमा जन्मदिन मनाउने प्रचलन बढिरहेका बेला एक व्यक्तिले भने सामाजिक सेवा गरेर आफ्नो जन्मोत्सव मनाउनुभएको छ ।
रोजगारीको सिलसिलामा दुबैमा रहेका पर्वतको कुश्मा नगरपालिका -१ पाङ्का सुरेश घतानले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा अशक्त व्यक्तिहरुलाई १५ हजार आर्थिक सहयोग गर्नुभएको हो ।समाजवादी प्रेस संगठन नेपाल पर्वतका उपाध्यक्ष सपना क्षेत्रीको पहलमा पर्वतका विपन्न परिवार तथा दृष्टिबिहिन बालबालिकाहरुको लागि आर्थिक सहयोग प्राप्त भएको हो ।
घतानेले पठाएको रकम मध्य ५ हजार मोदी गाउँपालिका-८, चित्रेका मनबहादुर विकको विपन्न परिवारलाई घरमै पुगेर क्षेत्रीले हस्तान्तरण गर्नुभएको छ । बिक परिवारको विपन्नताको अवस्था बारे जानकारी गराउदै विभिन्न संचार माध्यम तथा सामाजिक संजाल मार्फत सहयोगको अपिल गरेपछि सहयोगी मनका धनी सुरेश घतानेबाट सहयोग प्राप्त भएको क्षेत्रीले जानकारी दिनुभयो । त्यस्तै कुश्मा स्थित शिवालय माबिमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको सहयोगका लागि गौरी विकको सहयोगमा प्रअ भूपेन्द्र चापागाईंलाई ५ हजार हस्तान्तरण गरिएको थियो । त्यसैगरी २०७२ सालको भूकम्पमा परेर घाइते भएका दिप्शन क्षेत्रीलाई ५ हजार हस्तान्तरण गरिएको छ। भूकम्प परी घाइते भएका दिप्शन हाल बालकान्ति अस्पताल काठमाडौंमा उपचाररत छन् । सेवा नै धर्म भएको उल्लेख गर्दै क्षेत्रीले सहयोगी घतानेलाई धन्यवाद दिनुभएको छ, भने थप सहयोगका लागि सबैलाई अपिल समेत गर्नुभएको छ । आफू परदेशमा रहेर पनि कमाएको केही अंश आफ्नो गाउँठाउँमा रहेका पीडित परिवारलाई सहयोग गर्न पाउँदा खुशी लागेको सहयोगी सुरेश घतानेले बताउनुभयो । आगामी दिनहरुमा पनि विपन्न, असहाय तथा अशक्तको सेवामा समर्पित रहने उहाँले बताउनुभएको छ ।

ताजा

Related Articles