28.1 C
Kathmandu
Monday, July 22, 2024

पर्वतको पैंयुमा नेकपा एकीकृत समाजवादीको पालिका कमिटी गठन, बेउलीवासमा पनि कमिटी बन्यो !

लक्ष्मण विश्वकर्मा,पर्वत/पालिका तथा वडा कमिटी बिस्तारमा लागेको नेकपा एकीकृत समाजवादीले पर्वतको पैंयु गाउँपालिकामा कमिटी गठन गरेको छ । सोमबार ताराप्रसाद न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय पैयुँ गाउँपालिका कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदीले जानकारी दिनुभयो ।
कमिटीको उपाध्यक्षमा पवित्रा बस्याल, यामबहादुर थापा, सचिवमा प्रेमबहादुर थापा र उपसचिवमा क्रमश: खिमप्रसाद न्यौपाने (राजु), भोजराज तिवारी र दिला शर्मा चयन हुनुभएको छ । त्यसैगरी पालिकाको सदस्यहरुमा क्रमश: दिपक सुवेदी, सागर भुसाल, सेंजिला भुसाल, किरण थापा, चन्द्रकुमार हमाल, सीता न्यौपाने, दलबहादुर विक र चुणामणि शर्मा चयन हुनुभएको छ ।

यसैबिच पैंयु गाउँपालिका-३ बेउलीबासमा पनि याम बहादुर थापाको अध्यक्षतामा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा चन्द्र कुमारी हमाल, सचिवमा चुडामणी शर्मा, उपसचिव राजन थापा, दिपक सुवेदी र युक्त सुवेदी चयन हुनुभएको हो । सदस्यहरूमा पुर्ण चन्द्र सुवेदी, अम्बि बिक, किरण थापा, खेम प्रसाद बसेल, पेमा न्यौपाने, कृष्ण भुसाल, नवराज भुसाल, सरिता थापा सुस्मा थापा, मिना दर्जी, डिला भुसाल, दल बहादुर र लिल बहादुर बिक चयन हुनुभएको छ । जिल्लाका हरेक पालिका तथा वडामा कमिटी बिस्तारलाई तिब्रता दिएको सुवेदीले बताउनुभयो ।

ताजा

Related Articles