28.1 C
Kathmandu
Tuesday, July 16, 2024

नेकपा एस फलेवास नगर कमिटीको प्रथम बैठक सम्पन्न,संगठन बिस्तार तथा घरदैलो कार्यक्रम गर्ने ।

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँ झकलकमा बिहिवार नेकपा एकीकृत समाजवादी फलेवास नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ ।
बैठकमा विभिन्न निर्णयहरु भएको पार्टीले जनाएको छ ।
नगरमा कमिटी गठन नभएका वडामा तत्कालै कमिटी गठन गर्ने, कमिटीका पदाधिकारीको कार्यक्षेत्र विभाजन, घरदैलो अभियान तथा सदस्यता वितरण, स्थानीय तहको निर्वाचनको तयारी लगायतका निर्णयहरु भएका छन् ! बैठकमा नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदी र एस पर्वतका उपसचिव बिराज हमालले पार्टीको गतिविधि र समसामयिक बिषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
अध्यक्ष कृष्ण लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगर कमिटी सचिव बिष्णु रिजालले गर्नुभएको थियो ।

ताजा

Related Articles