पर्वत/प्राबिधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ २०७० सालदेखी संचालित श्री माटेदेवल जनसहयोगि मा.बि मुडिकुवाको नमुना बिधालयमा संचालित बाली बिज्ञान तर्फ १ बर्षे अनिवार्य OJT कार्यक्रमका बिद्यार्थीहरुको एक कार्यक्रमका बीच बिदाइ कार्यक्रम सम्पन्न भएको छ। बिधालय ब्यबस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद लम्सालको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि फ.न.पा ४ मुडिकुवा का वडा अध्यक्ष टिकाराम गौडेल, विशिष्ट अतिथि नगर शिक्षा अधिकृत टंक आचार्य र अतिथिहरु पुर्व बिधालय ब्यबस्थापन समिति अध्यक्ष तथा बर्तमान सदस्य धनेश्वर रेग्मि, बिधालयका प्रधानाध्यापक राम प्रसाद रिजालको उपस्तिथि रहेको थियो। कृषि प्रशिक्षक केदार सापकोटाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन प्राबिधिक धार तर्फका संयोजक कृषि प्रशिक्षक अजय ज्ञवालीले गर्नु भएको थियो भने बिद्यार्थीको तर्फ देखि मन्तव्य बिजय सुवेदीले राख्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल सरकारले प्रति बिद्यार्थी १२ हजार र बिद्यार्थीहरु आफ्नो पढाइ, बुझाइ र सैद्धान्तिक ज्ञान लाई प्रयोगात्मक स्वरुप दिएर उत्पादित कृषि उपज बेचेर प्रति बिद्यार्थी ७ हजार गरि जम्मा जनही १९ हजार रुपैया बिद्यार्थीलाई वितरण गरिएको थियो। बिधालयको आन्तरिक स्रोत र खर्चको ब्यबस्थापन गरेर गरिएको च्याउ खेती, काउली बन्दाको उत्पादन तथा बिक्री, प्याज र लहरे तरकारीका बेर्ना उत्पादन र बिक्री गरेर आएको जम्मा आम्दानी देखि २५ प्रतिशत बिधालय लाई नै लगानी बापतको रकम फिर्ता र बाकी ७५ प्रतिशत आम्दानी बिद्यार्थी लाई नै वितरण गरिएको प्रधानाध्यापक राम प्रसाद रिजालले जानकारी गराउनु भयो।

