20.1 C
Kathmandu
Sunday, March 15, 2026

पर्वतको जनता माबि र गहते अम्बोट आधारभुत बिद्यालयको वार्षिकोत्सब कार्यक्रम सम्पन्न!

निर्मल पौडेल,पर्वत/पर्वतको फलेवास नगरपालिका- ४ मुडिकुवा स्थित अम्बोट स्थित गहते अम्बोट आधारभुत बिधालयको ४२ औं बार्सिकोत्सब एवं अभिभावक दिवस आइतबार सम्पन्न भएको छ। जिल्लाकै आधारभुत बिद्यालयहरुमा उत्कृष्ट मानिएको विद्यालयले विविध शैक्षिक, अतिरिक्त कार्यक्रम सङ्गै सास्कृतिक कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिकात्सव सम्पन्न गरेको हो। बार्षकाेत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले अवको शिक्षा वैज्ञानिक र व्यबहारिक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि बिधालय व्यबस्थापन समितिका पुर्व अध्यक्ष तथा फलेवास नगरपालिकाका प्रबक्ता टिकाराम गौडेलले बिधालयको सर्वाङ्गीण विकासमा शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो। नगर शिक्षा अधिकारी कृष्ण प्रसाद आचार्यले पाठ्यपुस्तकको ज्ञानले मात्र विद्यार्थीहरुलाई नपुग्ने भन्दै बिद्दालयमा गरिने रचनात्मक तथा सिर्जनात्मक अतिरिक्त कृयाकलापले बालबालिकाहरुको व्यबहारमा परिवर्तन आउनेमा जोड दिनुभयो। कार्यक्रममा विधालयका प्रधानध्यापक ओमकार पौडेलले बर्ष ०७७-०७८को बार्षिक आर्थिक भौतिक तथा प्रशासनिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्र अ पौडेलले बिधालयलाई अझै राम्रो बनाउदै लैजाने बताउनुभयो । विविध सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा वि व्य स का सदस्य रुद्र प्रसाद तिवारी,शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम शर्मा,शिक्षक एवं चन्दादाता मोती प्रसाद चुवाइ,नेपाल रेडक्रस सोसाइटी मुडिकुवा उपशाखाका सभापति लिलाधर गौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा बिधालयमा बर्ष भरिमा गरिने मुल्यांकनमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरु लाई पुरस्कार प्रदान र
बिधालयको उनन्वयनमा महत्त्वपूर्ण योगदान पुर्याउने सहयोगी लाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा नेपाल रास्ट्रिय शिक्षक संगठन फलेवास नगर समितीका अध्यक्ष दिपक रेग्मी,पुर्व शिक्षक डिल्लिराज कुवर,जगन्नाथ घिमिरे, बि ब्य स का पदाधिकारी, शि अ स का पदाधिकारी,विधालयका सम्पुर्ण शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विधार्थी संस्कृती गौडेल,यशोदा तिवारी,प्रकृति गौडेल,अंकित क्षेत्री,प्रतीक पौडेलले गर्नुभएको थियो। यस्तै कार्यक्रमको सन्चालन शिक्षक रमेश शर्मा सापकोटा र मोती प्रसाद चुवाइले गर्नुभएको विधालयले जनाएको छ।

यसैबीच फलेवास नगरपालिका-६, देविस्थान स्थित जनता माद्यामिक बिद्यालयको ६५ औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । आइतबार बिद्यालयमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब मनाइएको हो । कार्यक्रममा प्रअ गोपाल श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएका अक्षयकोषका संरक्षकहरु कुलप्रसाद प्रधान, राम पौडेल, कुमार श्रेष्ठ लगायतले पुरस्कृत हुन छनोट भएका  बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा वडा नं.६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसाल, बि ब्य स का पदाधिकारी, शिअसका पदाधिकारी, विधालयका सम्पुर्ण शिक्षक विद्यार्थीको उपस्थिति रहेको राम प्रसाद पौडेलले जानकारी दिनुभयो। नगरप्रमुख पदमपाणी शर्माको प्रमुख आतिथ्यता, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव प्रधानको अध्यक्षता र कार्यक्रमको संचालन शिक्षक जिवनाथ शर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles