लक्ष्मण विश्वकर्मा पर्वत/पर्वत जिल्लाकै पहिलो क्याम्पस फलेवास नगरपालिका ६ देविस्थान स्थित पर्वत बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सब कार्यक्रमको तिव्र तयारी गरिएको छ ।
यहीँ फागुन १६ गते मनाउन लागिएको वार्षिकोत्सब कार्यक्रमको लागि विभिन्न उपसमिति निर्माण गरि कार्यक्रमको तिब्र तयारी गरिएको क्याम्पस प्रमुख हेम शर्मा रेग्मीले जानकारी दिनुभयो । उक्त वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिको रुपमा संघीय सरकारका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आउनुहुने उहाँले बताउनुभयो । विगतका बर्षहरुमा भन्दा यो बर्ष वार्षिकोत्सब कार्यक्रम विषेश तरिकाले मनाउन लागिएको र कार्यक्रममा सरोकारवाला सबैलाई निमन्त्रणा गरिएको क्याम्पस प्रमुख रेग्मीको भनाइ छ । शैक्षिक, सामाजिक तथा राजनैतिक व्यक्तिहरु,संघीय तथा प्रदेश सांसद, क्याम्पसका संस्थापक, पुर्व तथा वर्तमान संचालक समिति, चन्दादाता, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्था,पत्रकार,समाजसेवी बुद्धिजीवी लगायत सबैलाई पत्राचार गरि निमन्त्रणा गरिएको निमन्त्रणा तथा जनसम्पर्क समितिका सभापति दामोदर पौडेलले बताउनुभयो । कार्यक्रम उपस्थित भै कार्यक्रम सफल पार्नका लागि उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न पार्नका लागि विभिन्न १३ उपसमिति निर्माण गरिएको छ । ठाकुर प्रसाद भुसालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरूमा हिटलर थापा, लक्ष्मण विश्वकर्मा, अनुप श्रेष्ठ, अर्जुन क्षेत्री र स्मृति कुवर रहनुभएको छ ।
त्यस्तै क्याम्पसका प्राध्यापक लालप्रसाद शर्माको संयोजकत्वमा क्याम्पसको स्मारिका प्रकाशन उपसमिति गठन गरिएको छ। सदस्यहरूमा चिरञ्जीवी शर्मा पौडेल, जगत बहादुर कुवर, समुद्रराज चापागाई र सन्तोष श्रेष्ठ रहनुभएको छ । सन्तोष गौडेलको संयोजकत्वमा मंच व्यवस्थापन समिति, निर्मला नेपालीको संयोजकत्वमा मातृशक्ती परिचालन समिति, नवीन कुमार श्रेष्ठको संयोजकत्वमा जनशक्ति परिचालन समिति, नारायण प्रसाद श्रेष्ठको संयोजकत्वमा अतिथि व्यवस्थापन समिति, विक्रम कुवरको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति, उत्तमराज घिमिरेको संयोजकत्वमा मान सम्मान समिति, दामोदर शर्माको संयोजकत्वमा निमन्त्रणा तथा जनसम्पर्क समिति, कृष्ण कुमारी थापाको संयोजकत्वमा प्राथमिक उपचार समिति,भरत श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार समिति र रमेश चपाइको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन समिति निर्माण गरिएको छ ।

