25.1 C
Kathmandu
Monday, July 22, 2024

फलेवास देविस्थानको वडा कार्यालय भवन उद्घाटन

लक्ष्मण विश्वकर्मा/पर्वतको फलेवास नगरपालिका -६, देविस्थानको वडा कार्यालय भवन उद्घाटन भएको छ । मंगलबार नगरप्रमुख पदमपाणी शर्माले उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले प्रमुख प्रशासकीय भवन निर्माणको क्रममा रहेको र प्रत्येक वडामा व्यवस्थित वडा कार्यालय निर्माण गर्न लागेको बताउनुभयो ।आवश्यकता र औचित्यका आधारमा नगरका ११ वटै वडामा समान विकासलाई जोड दिएको शर्माले बताउनुभयो ।
वडा कार्यालय भवनको दोस्रो तल्लामा ट्रस हालेर बिभिन्न कक्षहरु निर्माण गर्ने योजना रहेको सब इञ्जिनियर टंक केसीले बताउनुभयो । उक्त कार्यका लागि २० लाख ९४ हजार बजेट रहेको केसीले बताउनुभयो । अहिले तयार भएको पहिलो तल्लामा सभाहल सहित ५ कोठा तयार भएको छ ।नगरले ३ लाख ६२ हजार खर्चेर रङरोगन तथा गरेर भवनको मर्मत गरेको उहाँले बताउनुभयो । भवन निर्माण भएपछि वडाका प्रशासनिक कामको सम्पादनमा सहज हुने वडा अध्यक्ष भोलानाथ भुसालले बताउनुभएको छ ।वडा नं २ थापाठानाका वडा अध्यक्ष गंगानारायण श्रेष्ठले नगरको विकासका लागि उल्लेखनीय कार्यहरू भएको बताउनुभएको थियो ।
मुडिकुवा, भंगरा,देविस्थान र शंकरपोखरीमा सुबिधासम्पन्न वडा कार्यालय निर्माण भैसकेका छन् भने अन्य वडा कार्यालय निर्माणको चरणमा रहेका छन् ।
कार्यक्रममा देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नगरका योजना अधिकृत देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

ताजा

Related Articles