28.1 C
Kathmandu
Tuesday, July 16, 2024

प्रचण्ड र माधव नेपालबीच भेट, गठबन्धन कायम राख्नुपर्नेमा जाेड

काठमाण्डाै /नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आज शुक्रवार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा रहेकाे नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुग्नुभएको थियो ।

भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । सचेतक श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रिय आवश्यकताले बनेको गठबन्धनलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा उठेका विषयहरू र एमसीसीका सन्दर्भमा अहिलेसम्म जति पनि शङ्काका कुराहरू छन्, त्यसमा राष्ट्रहित विपरीतका दफालाई सच्याउन सकिन्छ कि भनेर छलफल भइरहेकाे छ । र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने पार्टीकाे निर्णय हो ।’

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । गठबन्धनको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो ।

ताजा

Related Articles