28.1 C
Kathmandu
Tuesday, July 16, 2024

एमसिसी विरुद्ध आज नेपाल बन्दको आह्वान, पर्वतमा पनि बन्दको प्रभाव !

पर्वत/मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् ।
देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डता लाई खलल पुर्याउने राष्ट्रघाति एमसिसि संझौताका विरुद्ध आजको बन्द आह्वान गरेको अखिल (क्रान्तिकारीका) केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज मदन चापागाईंले जानकारी दिनुभयो ।
बन्दलाई सफल बनाउन आम जनसमुदायलाई अपिल गरेको र कसैले बन्दको अवज्ञा नगर्न तथा राष्ट्रियता र स्वाधिनताको पक्षमा ऊभिन चापागाईंले सबैलाई आग्रह गर्नुभएको छ। बन्दको प्रभाव पर्वत जिल्लामा राम्रो रहेको उहाँले बताउनुभयो । सबै कार्यालय बन्द हुनुका साथै लामो तथा छोटो दुरीका सवारीसाधन पनि रोकिएका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, दम्कल तथा पानी बोक्ने सवारीलाई चल्न दिइने चापागाईंको भनाई छ।

ताजा

Related Articles