लक्ष्मण विश्वकर्मा/पर्वतको फलेवास नगरपालिका-६ देविस्थानमा राष्ट्रिय जनमोर्चा फलेवास नगर कमिटी अध्यक्ष भरत कुमार श्रेष्ठ सहितको टिम नेकपा एकीकृत समाजवादीमा प्रवेशमा प्रवेश गर्नुभएको छ । श्रेष्ठसँगै मोती कुँवर, नारायण कुँवर लगायतका नेताहरू जनमोर्चा परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरि एसका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला कमिटी अध्यक्ष मोती प्रसाद पौडेलले उहाँहरुलाई पार्टी प्रवेश गराई सदस्यता कार्ड प्रदान गर्नुभएको छ ।
रक्तिम सांस्कृतिक अभियानको केन्द्रिय कोषाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादीका नीति र सिधाान्त उत्कृष्ट लागेको र देश विकास साथै संविधान र लोकतन्त्रको रक्षा गर्ने पार्टी एस भएकाले प्रवेश गरेको बताउनुभयो । अब एस पार्टीमा क्रियाशिल भएर लाग्ने र अन्य सहकर्मीलाई पनि आफुसँगै सहयात्रा गराउने बताउनुभयो ।
नेकपा एसका जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलले राजनीति गणित भिन्न हुने भएको बताउदै अहिले संख्यात्मक हिसाबमा थोरै प्रवेश गरेको बताउदै बिस्तारै अन्य व्यक्तिहरु पनि पार्टीमा प्रवेश गर्ने बताउनुभयो । संविधानको रक्षा गर्दै देश र जनताको हितमा काम गर्ने अठोटका साथ जन्मिएको एकीकृत समाजवादीमा सबै हुमिनुपर्ने उहाँले बताउनुभयो ।
नेकपा एस फलेवास ६ देविस्थानका कार्यबाहक वडा कमिटी अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको संचालन वडा कमिटी सचिव सुरज श्रेष्ठले गर्नुभएको थियोे ।

