12.1 C
Kathmandu
Monday, March 16, 2026

मन नै लोभ्याउने पर्वत फलामखानीका यस्ता छन् पर्यटकीय विशेषताहरु ! प्रवासीको यहीँ जीवन बिताउने रहर ।

लक्ष्मण विश्वकर्मा,पर्वत/अत्यन्त ममोहक सुन्दर सान्त वातावरण, अगाडि फर्केर हेर्दा मन नै लोभ्याउने दन्तलहर जस्तै लस्करै चाँदी झै टल्केका छर्लङ्ग देखिने सेताम्मे हिमालहरु, चारैतिर हेर्दा कतै अग्ला कतै होचा डाडाँ,थुम्का भञ्ज्याङ्हरु, सुन्दर बस्तीहरु अनि सुसभ्य समाजका स्नेही र सत्कारी स्थानीयहरु ! यो फलामखानीको विशेषता हो । फलामखानी गाउँठाउँमा पुग्ने जो कोहिलाई त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउन मन लाग्छ । त्यहीँ बसौं बसौं हुन्छ , मन नै लोभ्याउछ । कोही हिमाल देखिने गरि सेल्फी खिच्दै थिए त कोहि स्थानीयको सत्कारमा प्रफुल्ल थिए । कोही भने स्थानीय कला सांस्कृतिकमा रमाउदै थिए, कोहि बेलुका त्यहीँ रात बिताउने भन्दै टेन्ट टागेर क्याम्प बनाउदै थिए। यो दृश्य हो महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी स्थित अत्यन्त रमणीय स्थल हलोगाडे डाडाँको ।
केही दिन अघि यहाँ बेलायतबाट आएका प्रवासीहरु प्राकृतिक सौन्दर्यतामा रमाउदै यस क्षेत्रको पर्यटन विकासमा चासो दिएका छन् । पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीमा पर्यटन प्रबर्द्धनका लागि पहिलोपटक क्याम्पिङ सहित अध्ययन अबलोकन गरिएको छ । पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्भावना बोकेको तर पर्यटकीय गतिविधि र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका लागि अध्ययन अबलोकन गरिएको हो । शिक्षा,स्वास्थ्य, कृषि पर्यटन र वातावरणको क्षेत्रमा महत्त्वपूर्ण कामहरू गर्दै आएको चार भञ्ज्याङ् तमु समाज युकेको टिम सनिवार हलोगाडे डाडाँमा टेन्ट टागेर क्याम्पमा एक रात बस्नुभएको थियो । पछिल्लो समय चार भञ्ज्याङ् क्षेत्रको कृषि र पर्यटन प्रबर्द्धन अभियानमा लागेको समाजका अध्यक्ष मदन गुरुङले बताउनुभएको छ । फलामखानीबासीको माया सत्कार सांस्कृतिकमा रमाएर क्याम्पमा रात बिताउन पाउदा र एकाबिहानै सुर्यको किरणसँगै योग गर्न पाउँदा स्वर्गकै अनुभुती भएको गुरुङले बताउनुभयो । फलामखानीमा पहिलो पटक आएर बस्न पाउदा मन नै लोभ्याएको बताउदै बेलायत छोडेर परिवार सहित यहीँ क्षेत्रमा आएर बस्ने मन भएको समाजका संस्थापक अध्यक्ष नारायण प्रसाद गुरुङले बताउनुभयो ।गुरुङले भन्नुभयो “फलाखानीजस्तो सुन्दर ठाउँ अन्त कतै छैन जस्तो लाग्यो,अब म परिवारसँग सल्लाह गरेर यहीँ तेरिफेरिमा बस्ने सोच आएको छ,र यो प्राकृतिसँग रमाएर जिन्दगी बिताउन चाहान्छु ।” यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि सहयोग गर्ने बताउदै महत्त्वपूर्ण स्थलहरुको प्रचारप्रसारमा जोड दिनुपर्ने उहाँहरुको भनाइ थियो ।
सन् २००३ मा पर्वतको चार भञ्ज्याङ् क्षेत्र महाशिला गाउँपालिका वडा नं ५ लुंखु लामे, वडा नं.६ फलामखानी दाद्रा र फलेवास नगरपालिका वडा नं ८ ठानामौला खाल्टे र वडा नं ९ भंगरामा स्थायी घर भै हाल विदेशमा रहेका गुरुङ समुदायहरुले आफ्नो गाउको विकास र समृद्धिका लागि चार भञ्ज्याङ् तमु समाज गठन गरि विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएको उक्त समाज युकेका पुर्व अध्यक्ष चन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो । विदेशमा रहेपनि जन्मभुमिको माया मनमा रहेको बताउदै गाउँको विकासका लागि आफुहरु गास काटेर जम्मा गरेको रकम र विभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताउनुभयो । नाम कमाउन नभएर समाजले मानवीय सेवामा जोड दिएको बताउदै समाजले उपलब्ध गराउने सुविधाहरु सबै जाती तथा विपन्न समुदायको रहेको आएको गुरुङको भनाइ छ । फलामखानी आधारभुत बिद्यालयमा खानेपानी उपलब्ध गराउन पहल गर्ने उहाँले बताउनुभएको छ । प्राकृति सौन्दर्यतामा रम्न पाउदा अत्यन्त खुसी लागेको चार भञ्ज्याङ् तमु समाज युके आमा समुहका अध्यक्ष बिमला गुरुङले बताउनुभयो । चलचित्र क्षेत्रमा काम गर्ने भकारी इभेन्ट प्रालिका प्रोपाइटर कृष्ण कुमार गुरुङले फलामखानी आधारभुत बिद्यालयको नाममा रहेको उक्त जग्गा भाडामा लिएर पर्यटनका गतिविधि संचालन गर्न माग गर्नुभएको छ । त्यस बिषयमा सम्बन्धित सरोकारवालासँगको सुझाव सल्लाहबाट निचोडमा पुग्ने बिद्यालयका प्रअ गोविन्द बहादुर बिकको भनाइ छ ।
फलामखानीको पर्यटन विकास र प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले यस क्षेत्रको विकासमा चासो लिएर आउनुभएकोमा चार भञ्ज्याङ् तमु समाज युके परिवारलाई पत्रकार लक्ष्मण विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभयो । यस क्षेत्रको कृषि तथा पर्यटन प्रबर्द्धनका लागि प्रचारप्रसारमा जोड दिने उहाँले बताउनुभयो ।फलामखानीलाई देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउदै आन्तरिक तथा बाहृय पर्यटकहरु भित्र्याउन सकेमा यस क्षेत्रको विकासले फड्को मार्ने फलामखानीका स्थानीय समेत रहेका विश्वकर्माले बताउनुभयो । यस ठाउँलाई उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न र पर्यटकीय हब बनाउन पहल गर्न स्थानीय सरकार लगायत सबैलाई उहाँले अपिल गर्नुभएको छ । प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकलाई एकपटक फलामखानी आएर यहाँको सुन्दर वातावरणमा रमाउन विश्वकर्माले आग्रह गर्नुभयो ।
प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेको यस क्षेत्रको व्यवस्थापन र प्रचारप्रसारमा जोड दिन आवश्यक छ ।
फलामखानीका पर्यटकीय विशेषताहरु यसप्रकार छन्:-
१)चाँदी झै टल्किने धौलागिरी,माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरु देख्न सकिन्छ ।
२)विभिन्न जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु साथै
चारैतिरका मनमोहक गाउँ ठाउँहरु हेर्न सकिने ।
३)ध्यान तथा योगका लागि मनोरम,सुन्दर र सान्त वातावरण ।
४)सनराइज र सनसेट हेर्न सकिने ।
५)पिक्निकका लागि अत्यन्त उपयुक्त स्थल ।
६)बिगतमा फलाम निकालिएका खानीहरु हेर्न पाइने।
७)मौलिक परम्परा, लोक भाका,कला र सांस्कृतिमा रमाउन पाइने ।
८)राष्ट्रिय फुल लालीगुराँस प्रसस्त पाइने ।
९) चिया खेतीको बगान बिस्तार हुँदै ।
१०)गढीको जुरा स्थित भुरेराजा बसेको ठाउँ हेर्न सकिने ।
११) हावाबाट बिद्धुत उत्पादनका लागि निर्माण गरिएको अग्लो टावर हेर्न सकिने, आदी ।
१३)ऐतिहासिक ढुंगे धारा,रमणीय बस्ती र सुन्दर गोरेटोबाटो सँगै सल्लाघरी बन हेर्न सकिने
१४)गडीको जुराबाट प्यारागलाइडिङ उडान हुने ।
१५) नेपालको पहिलो पर्यटकीय गाउँ स्याङ्जा सिरुबारीबाट सवारीमा मात्र ३० मिनेटमा फलामखानी आउन सकिने ।
१६)स्थानीय खानाका परिकार सहित होम स्टेको विकास हुँदै ।
एकपटक फलामखानी आउनुहोस् , प्राकृतिक सौन्दर्यताको वातावरणमा रमाउनुहोस ! हजुरको प्रतीक्षामा छ फलामखानी, सौन्दर्यताको खानी!

ताजा

Related Articles