28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतको बिहादी-१,बाच्छामा जुनियर ए-ब्लेज क्लब गठन!

लक्ष्मण विश्वकर्मा/पर्वतको बिहादी गाउँपालिका-१ बाच्छामा जुनियर ए-ब्लेज क्लबको गठन भएको छ। ए-ब्लेज युवा क्लब बाच्छाका अध्यक्ष गणेश बस्नेतको संयोजकत्व संगै उपाध्यक्ष गंगा खत्री सदस्य सबिन क्षेत्री,शंकर क्षेत्री र नबिन पाठकको उपस्थितिमा उक्त जुनियर क्लब गठन गरिएको हो ।गत फागुन १५ गते १५ वर्ष मुनिका सयौं जना बालबालिकाहरूको उक्त भेलाबाट सर्वसहमतिमा क्लब गठन गरिएको ए-ब्लेज युवा क्लब बाच्छाका अध्यक्ष गणेश बस्नेत जानकारी दिनुभयो । जुनियर ए-ब्लेज क्लबको अध्यक्ष विशाल आचार्य,उपाध्यक्षहरु कुशुम सिलवाल,प्रकाश खत्री र अनुप सिलवाल सचिव अस्मिता क्षेत्री,सह-सचिवहरु -सुजन आचार्य र शक्ति खत्री,कोषाध्यक्ष करुणा बस्नेत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बिमल खत्री, सन्तोष थापा, आयुष्मा क्षेत्री, सुबिना माझी, मौसमी खत्री, गोमा माझी, सृजना माझी, बिराज खत्री, कुशल सिलवाल, नकुल क्षेत्री , ललिता खत्री, अन्जलि क्षेत्री, सलिना सिलवाल, राजन आचार्य, प्रतिभा आचार्य, सृष्टि पाठक र दिपा माझी रहनुभएको छ ।

ताजा

Related Articles