28.1 C
Kathmandu
Tuesday, July 16, 2024

अनेरास्ववियू पर्वतद्वारा महाशिलाका विपन्न परिवारलाई लत्ताकपडा वितरण !

पर्वत/पर्वतको महाशिला गाउँपालिका-५ लुंखुदेउराली नेपाली बस्तीमा अनेरास्ववियू जिल्ला कमिटी पर्वतले लत्ताकपडा वितरण गरेको छ । “म अनेरास्ववियू सार्वजनिक समस्यामा हाम्रो दायित्व””कार्यक्रम अन्तर्गत अति कमजोर आर्थिक अवस्था भएका करिब २० घरपरिवार लाई लत्ताकपडा वितरण गरिएको अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो । विभिन्न सहयोगी दाताहरुको सहयोगमा उक्त कपडा वितरण गरिएको उहाँले बताउनुभयो । आगामी दिनहरूमा निरन्तर विद्यार्थीहरुको हकहितमा काम गर्नुको साथै सामाजिक कार्यमा क्रियाशिल रहने सुनामले बताउनुभयो

ताजा

Related Articles