22.1 C
Kathmandu
Wednesday, April 15, 2026

थापाठाना र भंगरामा सार्वजनिक सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रम सम्पन्न !

लक्ष्मण विश्वकर्मा,पर्वत/ पर्वतको फलेवास नगरपालिका वडा नं. ९ भंगरा र वडा नं. २ थापाठानामा सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिकाद्वारा आर्थिक बर्ष २०७७/०७८ को अन्तिम चौमासिक तथा आर्थिक बर्ष २०७८/०७९ मा संचालित योजना तथा कार्यक्रमको बिषयमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो । स्थानीय तहबाट संचालित विकास कार्यक्रम बारे जानकारी गराउने, सार्वजनिक सेवा प्रवाह,सेवा सुबिधा सार्वजनिक गर्ने, नागरिकबाट जिज्ञासा संकलन गर्ने, सुझावहरु,समस्याहरु र समाधानका उपायहरू तथा भएका प्रयासहरु बारे समिक्षा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले बताउनुभयो । त्यस्तै पारदर्शिता, जवाफदेहीता र गुणस्तर वृद्धिमा सहयोग पुर्याउने, विकास प्रक्रियामा नागरिकको प्रतिनिधित्व र अपनत्व बढाउन, सेवा प्रवाहमा थप गुणस्तरीयता र प्रभावकारीता बढाउन पनि उक्त कार्यक्रमले जोड दिएको उहाँले बताउनुभयो । सुशासन र पारदर्शितामा जोड दिदै फलेवास नगरपालिकाले जनमुखी काम गरेको आचार्यले बताउनुभयो । नगरका योजना अधिकृत प्रकाश लम्सालले भंगरा र थापाठानामा सार्वजनिक सेवा प्रवाह तथा योजना कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । ती वडामा शिक्षा, स्वास्थ्य, सडक,कृषि, पर्यटन, सिचाइ, खानेपानी, रोजगार लगायतका क्षेत्रमा उल्लेखनीय कार्यहरू संचालन भएको उहाँले बताउनुभयो । उक्त विकास संवाद कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाहरुले नगरको भावी कार्यक्रमका लागि पृष्ठपोषण प्रदान भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नगरका स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटा, राजस्व शाखा प्रमुख रमेश पौडेल, पशु शाखा प्रमुख टुकनाथ तिवारी, कृषि शाखा प्रमुख सन्तोष सुवेदी, इन्जिनियर केशव लामिछाने, पत्रकार लक्ष्मण विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । दुबै वडाको सार्वजनिक सुनुवाइ तथा विकास संवाद कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागीता रहेको थियो । जनताबाट आएका प्रश्न तथा जिज्ञासाको नगरका सम्बन्धित जिम्मेवार पदाधिकारीले जवाफ दिनुभएको थियो । थापाठानामा वडा अध्यक्ष गंगा नारायण श्रेष्ठको अध्यक्षता, भंगारामा वडा अध्यक्ष गंगाधर शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles