28.1 C
Kathmandu
Tuesday, July 16, 2024

कम्प्युटर प्रशिक्षण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण!

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको फलेवास-५,खानीगाउँमा प्रविधिमार्फत महिला सशक्तीकरण गर्ने उद्देश्यले संचालन गरिएको ३ महिने कम्प्युटर प्रशिक्षण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । रोटरी फ्रडेन्स्वर्ग डेन्मार्कको आर्थिक सहयोग र मोती सामुदायिक पुस्तकालयको व्यवस्थापनमा २०७७ माघ २२ गतेदेखि संचालन भै २०७८ बैशाख २२ गते सम्पन्न तालिमको आज समापन कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको हो ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि सहयोग संस्था डेन्मार्कका स्यालीले सिकेका कुरा व्यबहारमा उतार्नुपर्नेमा जोड दिनुभएको थियो । पछिल्लो समय कम्प्युटरको अत्यन्त महत्त्व भएको बताउदै प्रविधि मार्फत महिलाहरु विकास र सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो । सोही अवसरमा आफ्नो साथिहरुले पुस्तक बेचेर मोती सामुदायिक पुस्तकालयलाई पठाएको ६० हजार समेत पुस्तकालयलाई हस्तान्तरण गर्नुभएको छ ।
मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्माले फलेवासका महिलाहरूलाई सबल र सक्षम बनाउन विभिन्न मुलुकका साथी तथा संस्थाहरुको सहकार्यमा विभिन्न सिपमुलक तालिम संचालन गरिएको बताउनुभयो । पुस्तकालयले पुस्तकको ज्ञानमात्र नदिएर महिलाहरूको जिविकोपार्जन र आत्मनिर्भर हुने खालका सामाजिक कार्यहरू गरेको बताउनुभयो ।कुनै पनि चिजमा सफलता प्राप्त गर्नका लागि अध्ययन, चिन्तन, गन्थन, खोज र अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।महिलाहरूको लगनशीलता र आवश्यकतालाई मध्यनजर गरि थप तालिमका लागि पहल गर्ने गर्ने समेत शर्माले बताउनुभयो ।
समापन समारोहमा लेखक राजिवधर जोशी, ब्राजिल नागरिक अमेली, पुस्तकालय व्यवस्थापन समितिका सदस्य भिम बहादुर लम्साल क्षेत्री, पुस्तकालयका पाठक स्थानीय ल्याम बहादुर दर्जी तालिममा सहभागीको तर्फबाट निशा क्षेत्री, दुर्गा सुवेदी लम्साल, सुजिता थापाले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लाइब्रेरीयन इन्द्र सापकोटाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पुस्तकालय व्यवस्थापन समितिका सदस्य लकास सुवेदीले गर्नुभएको थियोे ।

ताजा

Related Articles