साहित्यकार पन्तद्वारा लेखिएको “बौलाको डायरी” उपन्यासका बारेमा फलेवासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न!

572

लक्ष्मण विश्वकर्मा, पर्वत/साहित्यकार महेश्वर पन्तले लेख्नुभएको बौलाको डायरी उपन्यासका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पर्वतको फलेवास नगरपालिका-६ देविस्थानमा कालीभक्त- कृष्ण पन्त स्मृति भवनमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा बोल्दै उक्त उपन्यास लेखक महेश्वर पन्तले मानव जिवनको उतारचढाव, प्रेम, आशा निराश, युद्ध लगायत सामाजिक बेथितिहरुलाई प्रतीकात्मक रुपमा पुस्तकमा चित्रण गरिएको बताउनुभयो ।आफ्नो पहिलो उपन्यास फुर्लुङबाट थुप्रै माया र प्रशंसा पाएको बताउदै बौलाको डायरी पनि सबैले अध्ययन गरि माया र हौसला प्रदान गर्न आग्रह गर्नुभयो । त्यस्तै समाजसेवी तथा मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले पुस्तक अध्ययनले नयाँ सोच र ज्ञान वृद्धि हुने बताउदै पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने बताउनुभयो । बौलाको डायरी पनि सामाजिक घटनामा आधारित पुस्तक भएको बताउदै उक्त पुस्तकले नकारात्मक आचरण त्यहीँ सत्मार्गमा हिडाउने प्रेरणा प्रदान गर्ने बताउनुभयो । मोती सामुदायिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौडेलले उपन्यासमा उल्लेख गरिएका घटनाहरुको बारेमा चर्चा गर्नुभएको थियो ।
फलेवासमा जन्मिएर अमेरिका कर्मथलो बनाएका साहित्यकार तथा लेखक पन्तले लेख्नुभएका मुन्द्री र नबोल्नेहरु कथासङ्ग्रह प्रकाशित रहेका छन् । सरल र सरस लेखनशैलीका कारण उहाँले लेखेका पुस्तकहरु पठकले रुचाउने गरेका छन् ।
कार्यक्रममा नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष चन्द्रबहादुर थापा, सृजना समाज नेपालका अध्यक्ष तथा सम्पादक रमेश दाहल, अन्तरास्ट्रिय साहित्य समाज नेपालका महासचिव ऋषवदेभ घिमिरे, पुर्ण कुमार श्रेष्ठ, शोभाभक्त पन्त लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संकलन लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here