21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतको मोदीमा नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न!

लक्ष्मण विश्वकर्मा,पर्वत/ पर्वतको मोदी गाउँपालिकामा दुई दिने नेतृत्व तथा क्षमता बिकास (उद्घोषण) तालिम सम्पन्न भएको छ । महिलाहरुका लागि मोदी गाउँपालिकाको आयोजनामा उक्त तालिम यहीँ चैत ८ र ९ गते संचालन भएको थियो । मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले तालिम उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै नेतृत्व तथा क्षमता विकास तालिमले महिला दीदीबहिनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने महतले बताउनुभयो । मोदी गाउँपालिकाले पुर्वधारका विकास संगै मानविय विकासमा पनि जोड दिएको बताउनुभयो । महिला दिदिबहिनीहरुलाई बोल्ने बानीको विकास गर्न अनुरोध गर्दै सिकेका कुरा व्यवहारमा उतार्नुपर्नेमा उपाध्यक्ष महतले जोड दिनुभयो । मोदी गाउँपालिकाका ८ वटै वडाका करिब ६० जना महिलाहरुको सहभागीता रहेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिमको पत्रकार दिपेश विश्वकर्मा र लक्ष्मण विश्वकर्माले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी विश्वकर्मा, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हिरादेवि शर्मा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य भक्त कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यपालिका सदस्य लक्ष्मी विश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शोभा देवी शर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles