28.1 C
Kathmandu
Tuesday, July 16, 2024

प्रगतिशील लेखक संघ पर्वतको अध्यक्षमा पुनः मनस्वी सर्वसम्मत चयन!

पर्वत/प्रगतिशील लेखक सङ्घ पर्वतको अध्यक्षमा पुन: किशोर मनस्वी दोहोरिनुभएको छ । आज बसेको भेलाले मनस्वीलाई पुन: अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।सङ्घको उपाध्यक्षमा संगीता सुवेदी, सचिवमा आनन्द रिमाल, कोषाध्यक्षमा दीपसागर पौडेल, सहसचिवमा वसन्त विक्रम तिमिल्सिना र सदस्यहरुमा क्रमशः लक्ष्मण विश्वकर्मा,साजन परियार, दिलिप शर्मा, राजु विक, राजु पौडेल, झलक पौडेल र निर्मल शर्मा गरि १२ सदस्य चयन हुनुभएको छ ।
त्यसैगरि आजको भेलाले केन्द्रिय प्रतिनिधिमा संगीता सुवेदी र किशोर मनस्वीलाई चयन गरिएको छ भने प्रदेस प्रतिनिधिमा आनन्द रिमाल, दीपसागर पौडेल, वसन्त विक्रम तिमिल्सेना, झलक पौडेल र निर्मल शर्मा चयन हुनुभएको छ। सरल तथा सहज स्वभावका कारण युवाहरुका माझ लोकप्रिय किशोर शिक्षक पेसामा आवद्ध हुनुहुन्छ भने उपाध्यक्षमा निर्वाचित सुवेदी संस्थापक कोषाध्यक्ष हुनुहुन्थ्यो ।
वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशील लेखक सङ्घको गण्डकी प्रदेशको अधिवेशन यहीँ चैत्र १२ गते पोखरामा हुँदैछ ।

ताजा

Related Articles