एस निकट अनेरास्ववियू पर्वतद्वारा मुडिकुवाको माटेदेवल जनसहयोगी (प्रा.तथा व्या.)माबिमा खेलकुद सामाग्री वितरण!

393

लक्ष्मण विश्वकर्मा पर्वत/पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवा स्थित माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबिमा आज एक कार्यक्रमका बिच खेलकुद सामाग्री वितरण गरिएको छ ।
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू जिल्ला कमिटी पर्वतको आयोजनामा “म अनेरास्ववियू सार्वजनिक समस्यामा मेरो दायित्व “कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो ।
अनेरास्ववियू जिल्ला कमिटी पर्वतले विभिन्न व्यक्तिहरुको सहयोगमा करिब २० हजार बराबरको खेलकुद सामाग्री वितरण गरिएको अनेरास्ववियू जिल्ला कमिटी पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो । अनेरास्ववियूले विद्यार्थीहरुको हक हितमा विभिन्न कार्यक्रमहरु गरेको बताउदै उक्त सामाग्री उपलब्ध गराउन नेकपा एकीकृत समाजवादी पर्वतका जिल्ला कमिटी सदस्य लोकनाथ भुषालले बिशेष पहल गर्नुभएको उहाँले बताउनुभयो । खेलकुद वितरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा जोड दिदै खेलकुद सामाग्री वितरण गरेकोमा अनेरास्ववियू पर्वतलाई धन्यवाद व्यक्त गर्नुभयो । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भएको बताउदै अनेरास्ववियूले प्रदान गरेको खेलकुद सामाग्रीले विद्यार्थीहरु उत्कृष्ट खेलाडी बन्नमा सहयोग पुर्‍याउने बताउनुभयो । वडा तथा पालिकाले बिद्यार्थीरुको रुचि चाहाना अनुसार खेलकुद सामाग्री उपलब्ध गराउन नसकेको अवस्थामा अनेरास्ववियूले सामग्री वितरण गरेकोमा प्रसंशा व्यक्त गर्नुभएको थियो । स्वास्थ्य पढ्ने समयमा पढ्न र खेल्ने समयमा खेल्न अनुरोध गर्दै खेलकुद सामाग्रीको सहि सदुपयोग गर्न गौडेलले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबि अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्ष सन्दिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका निमित्त प्रअ तुलसीराम तिवारीको धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले गर्नुभएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here