25.1 C
Kathmandu
Monday, July 22, 2024

ग्रामिण विकास सचेतन समाज पर्वतको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा शर्मा सर्वसम्मत चयन!

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वत जिल्लाकै पुरानो तथा अग्रेणी सामाजिक संस्था ग्रामिण विकास सचेतन समाजको १३ औं अधिवेशन तथा १८ औं साधारणसभा सम्पन्न भएको छ ।
जिल्लाको साबिक खानीगाउँ गा.वि.स. वडा नं. २,हाल फलेवास नगरपालिका- ५ खानीगाउँमा वि.सं. २०५३ सालमा स्थापना भएको उक्त संस्थाको सनिवार खानीगाउँमा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशन तथा साधारणसभाबाट निवर्तमान अध्यक्ष तुलसीराम शर्माको मृत्युप्रति शोक प्रस्ताव पारित, संस्थाको नाममा रहेको जग्गाको स्वामित्व परिवर्तन, संस्थागत एवं प्रशासनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको छ ।
त्यस्तै अधिवेशनले समाजका संस्थापक तथा वरिष्ठ समाजसेवी भोलानाथ शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु अधिकारी, सचिवमा लक्ष्मण कुमार सुनार,सह-सचिवमा दामोदर क्षेत्री, कोषाध्यक्षमा सुशीला देवि शर्मा र सदस्यहरुमा सिताराम लामिछाने, कृष्ण लम्साल, इन्दिरा तिवारी र शंकर शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
साधारणसभामा बोल्दै समाजका संस्थापक तथा नवनिर्वाचित अध्यक्ष भोलानाथ शर्माले ग्रामिण विकास सचेतना समाज जिल्लाकै अग्रेणी सामाजिक संस्था भएको बताउदै स्थापना कालदेखि नै यस क्षेत्रको विकास र समृद्धिमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताउनुभयो । संस्थाले शिक्षा,स्वास्थ्य,संचार, खानेपानी,कृषि, वन,वातावरण लगायतका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरु गर्दै आइरहेको बताउनुभयो । महिला साक्षरताका लागि प्रौढ शिक्षा संचालन, रेडियो पर्वत स्थापना, वातावरण संरक्षणका लागि वृक्षरोपण, महिला सशक्तीकरणका लागि उद्योमका कार्यक्रम, गरिब तथा विपन्न समुदायको उत्थानका लागि कुखुरापालन, खरायोपालन, माहुरीपालन लगायतका तालिम तथा आयआर्जनमुलक कार्यक्रमहरु विगतमा संस्थाले संचालन गरेका कार्यहरू रहेको उहाँको भनाइ थियो । ग्रामिण खानेपानी तथा सरसफाइ संस्थासँगको सहयोग तथा सहकार्यमा पर्वतका तत्कालका विभिन्न ९ वटा खानेपानी आयोजना संचालन गरि सम्पन्न गरेको थियो ।

त्यस्तै संचारको दुनियाँमा सबिक धौलागिरी अञ्चलकै दोस्रो तथा पर्वत जिल्लाकै पहिलो रेडियोको रुपमा रेडियो पर्वत १०३.६ मेगाहर्ज यसै ग्रामिण विकास सचेतना समाजले नै २०६३ सालमा स्थापना गरि ग्रामिण क्षेत्रका नागरिकलाई सुसूचित गराउन पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।
त्यस्तै आर्थिक समृद्धिमा जोड दिने उद्देश्यले यस संस्थाले ग्रामिण विकास सचेतन बचत तथा ऋण सहकारी संस्था संचालन गरेको थियो । कारणबस उक्त सहकारी फलेवासबाट संचालन गर्न नसकिएपछि हाल उक्त सहकारी कुश्माबाट संचालन भै क्रियाशिल रहेको छ ।
साथै ग्रामिण विकास सचेतना समाजले सबिक खानीगाउँ गाविस वडा नं.२ मा आफ्नै आर्जनले खरिद गरेको १ रोपनी जग्गा बेवारिसे जस्तै अवस्थामा रहेकाले उक्त जग्गा सोही स्थानमा अवस्थित मोती सामुदायिक पुस्तकालयलाई स्वामित्व हस्तान्तरण गरि जग्गामा संग्रहालय निर्माण गरिने गरिने अध्यक्ष शर्माले बताउनुभयो । उहाँले भन्नुभयो” पछिल्लो समय आधुनिकतासँगै ऐतिहासिक पुराना सामाग्रीहरु लोप हुँदै छ्न, ती सामाग्री जोगाउन संग्रहालयले महत्त्वपूर्ण भुमिका खेल्छ।”
अधिवेशनमा संस्थाका सह-सचिव प्रकाश लम्सालले संस्थागत तथा प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष दामोदर क्षेत्रीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत पारित गरिएको छ ।
कार्यक्रममा समाजका संस्थापक जगन्नाथ लम्साल, नवनिर्वाचित उपाध्यक्ष बिन्दु अधिकारी, समाजसेवी शिव परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका निवर्तमान कार्यबाहक अध्यक्ष शंकर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य सुशिला देवि शर्मा लम्सालको स्वागत मन्तव्य र कार्यक्रमको संचालन लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो

यसैबीच आइतबार नै संस्थाका अध्यक्ष भोलानाथ शर्माको अध्यक्षमा साधारणसभा पछिको पहिलो बैठक बसी विभिन्न निर्णयहरु गरिएको छ । विभिन्न आरोहअवरोह र चुनौतीको सामाना गर्दै आजसम्म संस्था क्रियाशिल रहदै सामाजिक रुपान्तरण तथा विकास र सशक्तीकरणमा अतुलनीय भुमिका निर्वाह गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि सबै संघसंस्था तथा सरोकारवालासँग सकारात्मक सहकार्य गर्दै नमुना कार्य संचालन गर्ने नवनिर्वाचित समितिका पदाधिकारीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै संस्थाको प्रगतिका लागि खटिने निवर्तमान कार्यसमिति तथा सहयोगीहरुलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।

ताजा

Related Articles