लक्ष्मण विश्वकर्मा,जैमिनी/बाग्लुङको जैमिनी नगरपालिका-४ सर्कुवामा २ दिने दलित तथा महिला सशक्तीकरण तालिम सम्पन्न भएको छ ।
सर्कुवा वडा कार्यालयको आयोजनामा उक्त तालिम चैत १३ र १४ गते संचालन गरिएको हो ।
महिलाहरुको सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा समान सहभागीतामा जोड दिदै उनिहरुलाई सबल र सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा अध्यक्ष चक्र बहादुर थापाले बताउनुभयो । दलित तथा गैरदलित समुदायका महिलाहरुलाई एकै ठाउँमा भेला गरि अन्तरघुलित कार्यक्रम आयोजना गरिएको बताउदै जातीय विभेद हटाउन पनि उक्त तालिम महत्त्वपूर्ण भएको थापाले बताउनुभयो । उक्त प्रशिक्षण तथा तालिमले सबैखालका हिंसा र विभेद अन्त्य गरि सभ्य समाज निर्माणका लागि सहभागीहरुमा सकारात्मक चेतना अभिवृद्धि भएको उहाँले बताउनुभयो । तालिममा सिकेका कुराहरू व्यबहारमा उतार्दै पहिला आफू सबल र सक्षम भएर आफुले सिकेका कुराहरू अरुलाई पनि सिकाउन आग्रह गर्नुभयो ।
दुई दिनसम्म संचालन भएको तालिममा जैमिनी नगरपालिकाका लेखा अधिकृत सुर्य बहादुर बिक, पत्रकार लक्ष्मण विश्वकर्मा र दिपेश विश्वकर्मा, जनप्रिय आधरभुत विद्यालयका शिक्षक माया विश्वकर्मा तथा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लिलादेवि थापाले सहजीकरण गर्नुभएको थियो ।
तालिममा वडाभित्रका करिब ९० महिलाहरूको सहभागिता रहेको थियो ।