28.1 C
Kathmandu
Tuesday, July 16, 2024

बागलुङको काठेखोलामा एस,कांग्रेस, जनमोर्चा र माओवादी केन्द्रबिच चुनावी गठबन्धन हुने ।

लक्ष्मण विश्वकर्मा,पर्वत/आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङको काठेखोला गाउँपालिका वडा नं.३ धम्जामा ४ राजनीतिक दलहरूबिच चुनावी गठबन्धन हुने भएको छ ।
यहीँ चैत १५ गते भएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस ,राष्ट्रिय जनामाेर्चा र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको नेकपा एकीकृत समाजवादीका बाग्लुङ जिल्ला सदस्य तथा धम्जा वडा कमिटी अध्यक्ष सुन्तली बिकले जानकारी दिनुभयो । सर्वदलीय बैठकमा नेकपा एसका जिल्ला सचिवलय सदस्य याम श्रीष ,जिल्ला सदस्य एवम् धम्जाका इन्चाज नवीन थापा , जिल्ला सदस्य एवम् वडा कमिटी अध्यक्ष सुन्तली बि .क., युवा संघ प्रदेश कमिटी सदस्य चित्र घर्ती, नेपाली कांग्रेस धम्जाका सभापति दिपेन्द्र राना, पालिका सचिव देबिन्द्र खड्का, राष्ट्रिय जनमोर्चा पालिका उपअध्यक्ष एवम् धम्जा का अध्यक्ष पूर्ण बहादुर थापा ,प्रतिनिधि रिम बहादुर थापा र माओवादी केन्द्रकि नैनकली खड्का सहितको सर्वदलीय बैठकले गठबन्धनको माध्यमबाट चुनावमा जाने निर्णय गरेको बिकले बताउनुभयो । साथै नेपाली कांग्रेस धम्जाका पार्टी सभापति देबिन्द्र खड्काकाे अध्यक्षतामा ३०१ जना निर्वाचन परिचालन समिति गठन गरिएको समेत उहाँले बताउनुभयो ।

ताजा

Related Articles