28.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवासका विभिन्न विद्यालयहरुमा बाल विवाहसम्बन्धी चेतनामुलुक सडक नाटक प्रदर्शन !

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको फलेवास नगरपालिका भित्रका विभिन्न ६ वटा विद्यालयहरुमा बाल विवाहसम्बन्धी चेतनामुलुक सडक नाटक प्रदर्शन गरिएको छ । फलेवास नगरपालिकाको आयोजना तथा भवानी विद्यापिठ माबि र जनता आधारभुत विद्यालयको सहकार्यमा उक्त नाटक मंगलबार र बुधबार प्रदर्शन गरिएको हो । नगरको वडा नं.२ स्थित थापाठाना माबि , वडा नं. ३ स्थित राम माबि, वडा नं. ४ स्थित माटेदेवल जनसहयाेगि माबि,वडा नं. ५ स्थित भवानी विद्यापीठ माबि र वडा नं. ६ काे जनता माबि र वडा नं.१० कुर्घाको शारदा माबिमा नाटक प्रदर्शन सम्पन्न गरिएको नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिष्णु चापागाईंले जानकारी दिनुभयो ।
समाजमा अझै पनि हुने गरेका सामाजिक कुरीति ,त्यसले समाजमा पार्ने नकारात्मक प्रभाव ,घर तथा समाजमा घटदै गइरहेको बालबालिकाको पठन संस्कृति ,युवा पुस्तामा वर्तमान सूचना प्रविधिको गलत प्रयोग र २० बर्ष नपुगी हुने तथा गरिने बिहे, त्यसको परिणाम तथा वर्तमान कानुनी ब्यवस्थाका बारेमा अत्यन्तै मार्मिक ढंगले उक्त नाटकका माध्यमबाट प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमको अवलोकन गर्नका लागि स्थानीय अभिभावक , जनसमुदाय, सम्बन्धित विद्यालयका शिक्षक तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा फलेवास नगरपालिका कार्यपालिका प्रवक्ता एवम् वडाध्यक्ष टिकाराम गौडेल,वडा अध्यक्षहरु भोलानाथ भुसाल, शालिग्राम शर्मा र गंगा नारायण श्रेष्ठले आ-आफ्नो वडामा उक्त नाटक अवलोकन गर्नुभएको थियो।
उक्त कार्यक्रममा फलेवास नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्णप्रसाद आचार्य , शिक्षा अधिकृत टंकनाथ पौडेल, प्रा.स मुना शर्मा,महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख आरती रेग्मि तथा बिष्णु चापागाईंले लगायतको उपस्थित रहेको थियो ।
चेतनाका हिसाबले समुदायमा प्रत्यक्ष प्रभाव पार्ने यस्ता गतिविधि लाई अझ तीब्र पार्नु आजको आवश्यकता बोध भएको कुरा सरोकारवालाले सुझाउनु भएको थियो।
उक्त नाटकको लेखन तथा निर्देशन एवम् सहजीकरण भवानी विद्यापीठ माविका शिक्षक कृष्णराज पौडेल तथा जनता आधारभुत विद्यालयकी शिक्षिका इन्दिरा तिवारीले गर्नुभएको थियो भने दुबै बिद्यालयका विद्यार्थीहरुले नाटकको अभिनयमा भाग लिनुभएको थियो।
उक्त नाटकमा अभिनय तथा गायन र नृत्यमा भवानी विद्यापिठ माबिका सुश्मा सुनार, प्रतीक्षा सुनार, आशिका छेत्री, शिशिर सेव, स्नेहा छेत्री, प्रताप भुसाल, रोशना सुनार, यमुना परियार, स्मृति शर्मा, विजय परियार, र जनता आधारभुत विद्यालयबाट सरस्वती पौडेल , अन्जली परियार तथा मधु नेपाली सहभागिता रहेको थियोे ।
नाटकको कथावस्तु लेखन तथा निर्देशन भवानी विद्यापिठका शिक्षक कृष्णराज पौडेल गर्नुभएको थियो भने गितको शब्द लेखन तथा नृत्यको निर्देशन जनता आधारभूत विद्यालयका शिक्षक इन्दिरा तिवारीले गर्नुभएको थियोे ।

ताजा

Related Articles